
फोटोमा देखिने ब्यक्ती “र” का प्रथम प्रमुख रामेश्वर नाथ काओ हुन!
रामा बुढा मगर——–
तुलसिपुर कार्तिक ७ , भारतको बाहृय गुप्तचर संस्थाको नाम हो “र”! इसा सम्बत १९६२ को अक्टुबर २० देखि नोभेम्बर २० सम्म चलेको भारत चीन युद्द को उपज हो “र”! चीन सङ्गको युद्दमा ठूलो पराजय भोग्नु परेको भारतले युद्दको समिक्षाको क्रममा भारतिय युद्द बिश्लेषक हरुले अनन्तररास्ट्रीय जासुसी क्षमताको अभावका कारण भारत्ले यो युद्द हारेको निस्कर्ष निकाले! अन्तरास्ट्रिय जासुसी क्षमता सुदृढ पार्ने उद्देश्य ले आधा दशक लामो कसरत पछि २१ सेप्टेम्बर १९६८मा गठन भयो “र”! तत्कालिन भारतिय प्रधानमन्त्री इन्दिरा गान्धी ले सोझै आफ्नो मातहतमा रहने गरि आफ्ना पारिवारीक मित्र रामेश्वर नाथ काओ लाई प्रथम “र” प्रमुख तोकि जिम्मेवारी सुम्पिइन! काओ त्यति बेला भारतकै अर्को जासुसी संस्था (आइ बि) इन्टेलिजेन्स ब्युरोमा थिए!स्थापनाकालमा यस संस्था सङ्ग इन्टेलिजेन्स ब्युरो बाट झिकाइएका २ सय पचास जना कर्मचारी मात्र थिए र यसको प्रारम्भिक बजेट २ करोड भारतिय रुपैयाँ थियो! रामेश्वरनाथ काओ ले जिम्मेवारी पाए लगत्तै काओकै माग अनुसार “र” को वार्षिक बजेट ३० करोड भारतिय रुपैया बनाइयो भने सयौं गुप्तचरहरु पनि नियुक्त गरियो! जानकार हरुका अनुसार आजको मिति सम्म आइ पुग्दा त्यो संख्या हजारौं गुणा ले बृद्दी भै सकेको छ! विभिन्न श्रोतका अनुसार हाल “र ” सङ्ग करिब ५५ हजार पुर्णकालिन गुप्तचर हरु छन भने त्यो भन्दा दोब्बर पार्टटाइमर गुप्तचर हरु रहेका छन! पाकिस्तान, बङ्लादेश, माल्दिभ्स,भुटान,श्रीलंका,अफगानिस्तान, चीन र नेपालमा मात्रै ३९ हजार “र” का गुप्तचर हरु र त्यस भन्दा बढी संख्यामा स्थानिय एजेन्ट हरु परिचालित भएको अनुमान गरिन्छ! “र” को संरचना तर्फ हेर्ने हो भने एक जना प्रमुख र ४ विशेष सचिव एभिएसन रिसर्च सेन्टर (एआरसी) हेर्ने गरि ७ विशेष निर्देशक ९ अतिरिक्त सचिव लगायत ७० भन्दा बढी सह सचिव छन “र” मा! ए आर सि बाहेक अन्य बिभाग हरुमा नेस्नल टेक्निकल फ्यासिलिटी अर्गनाइजेसन, द रेडियो रिसर्च सेन्टर र इलेक्ट्रोनिक्स एन्ड टेक्निकल सर्भिस छन! ए आर सी सङ्ग एकदम सोफेस्टिकेटेड विद्युतिय उपकरणहरु छन जसका मद्दतले भारतले लक्षित गरेको कुनै पनि मुलुकले सुरक्षा सम्बन्धी सुचना आदान प्रदान आफ्नो जानकारीमा ल्याउने र आवश्यक्ता परेको खन्डमा त्यसमा अवरोध पुर्याउने काम गर्छ! रामेश्वर नाथ काओ “र” का प्रथम प्रमुख हुन भने एनएफ संतोक, गिरिसचन्द्र सक्सेना, एस इ जोशी, ए के बर्मा, जि एस वाजपेइ, एन नरसिङ्ह, जे एस वेदी, ए एस सयाली, रन्जन रोय, अर्विन्दकुमार दावे, ए एस दौलत, विक्रम सुद, सि डि सहाय, पि के हर्मिज थरङ्कन अशोक चतुर्वेदी लगायत हाल “र” को प्रमुख मा सामन्त गोयल छन! जो अकसमात नेपाल भ्रमण सकेर कार्तिक ६ गते विहान मात्रै मुलुक फर्केका छन! आफ्नो निगरानीमा राखेको रास्ट्रको राजनितिक , सैनिक,आर्थिक र सामाजिक गतिविधि हरुको अनुगमन गर्नु, सुचना संकलन गर्नु, त्यसको विश्लेषण् गर्नु, आवश्यक परेको खन्डमा विभिन्न कभर्ट अप्रेसन गर्नु “र” को प्रमुख कार्यभार हो! यसका साथै सुचना संकलन , त्यसको वर्गीकरण, आक्रामक जासुसी र प्रतीजासुसी मुख्य रुपमा “र” ले अपनाउदै गरेको तरीका हो! “र” का उच्चाधिकारी हरु विदेशमा रहेका भारतिय दुतावास,महावाणिण्ज्यदुत को कार्यालय लगायतका निकाय हरुमा प्राय कुटनितिक आवरण मा बस्छन! सांस्कृतिक अध्ययन केन्द्र र कुनै गैर सरकारी संस्थाको आडमा समेत विश्वका थुप्रै मुलुक हरुमा “र” का एजेन्ट हरु परिचालित छन! नेपालको हकमा कुरा गर्दा “र” का नेपाल मिसन प्रमुखका लागी अन्यत्र जस्तै नेपाल श्थित भारतिय राजदुतावासमा `मिनिस्टर´ भन्ने पद नै सिर्जना गरिएको छ! जुन यो समाचार लेख्दा सम्म पनि प्रचलनमा छ! त्यस बाहेक नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने रुपमा खडा गरिएको भारतिय राजदुतावस भित्रको शैक्षिक सहचरी नामको पद पनि “र” कै गुप्तचर का लागी बनाइएको छ! त्यसै गरि “र” का एजेन्ट लुकेर बस्ने अर्को सुरक्षित थलो भनेको बहुरास्ट्रीय कम्पनी र धार्मिक संघ संस्था हुन! नेपाल श्थित भारतिय दुतावास ले बर्सेनि सयौं नेपाली विद्यार्थी लाई छात्रबृत्ती प्रदान गर्ने गरेको छ त्यसमा अधिकांंस सिट नेपालका राजनितिक दलका नेता, प्रसाशनिक र सुरक्षा निकायका उच्चपदश्थ अधिकारी, लब्धप्रतिस्ठित नागरिक का छोरा छोरी का लागि छुट्याइ उनी हरुलाइ प्रलोभनमा पारी आफनो चाहना अनुसार काम गराउने गरेको पनि पाइएको छ! सरसरती हेर्ने हो भने नेपालमा भारतिय खास स्वार्थ कुनै एक छैन! अनगिन्ती स्वार्थ राख्ने गरेको भारतका वर्तमाण “र” प्रमुख ले अकस्मात नेपाल भ्रमण गर्नु र कुटनितिक मर्यादा विपरित नेपालका प्रधानमन्त्री के पि ओलि ले वालुवाटारमा नै भेट दिनुमा भारतको कुन स्वार्थ का बारेमा चर्चा भयो भन्न ठ्याक्कै नसकिए पनि भारतिय गुप्तचर संस्था “र” प्रमुख यति बेला अमेरीका को इसारामा यहाँ आएको हुनुपर्ने मा विश्लेषक हरुको दावी छ! नेपालको संसदमा विवादित रहेको अमेरीकी परियोजना (एमसिसी)मिलेनियम च्यालेन्ज कर्पोरेशन लागू गराउने मै केन्द्रीत रहेको हुनुपर्छ!