रोल्पा १ कार्तिक २०८३ आईतवार |रोल्पामा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको रहेको कुरा जिलला प्रहरी कार्यालय रोल्पा
का प्रहरी निरिक्षक तथा प्रवक्ता राजेन्द्र चन्दले जानकारी दिए | उनका अनुसार अनुसार भण्डारीलाई स्मृति अस्पताल घर्ती गाउँका चिकित्सकले चेकजाँच पछि बिहान साढे ११ बजेतिर मृत घोषणा गरेका थिए। त्यस्तै गम्भीर घाइते मगरलाई त्यहाँबाट थप उपचारका लागी दाङ ल्याउदै गर्दा
बाटैमा मृत्यु भएको कुरा चन्दले जानकारी दिए। अटोमा चालक सहित तीन जना मात्रै सवार थिए। चालक माडी– ३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढालाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरी रहेको छ। तुलसीपुर घर्ती गाउँ भित्री सडक खण्ड अन्तगर्त माडी –
१ चालाङमा आइतबार बिहान १० बजेतिर घर्ती गाउँदेखि पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकदेखि करिब ६०० मिटर मुनि खसेको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय घर्ती गाउँले सवा १० बजेतिर खबर पाएको थियो। त्यसपछि इप्रका घर्ती
गाउँबाट प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा ११ जनाको टोली घटना स्थलमा पुगेर घाइतेलाई उद्धार गरी स्मृति अस्पताल घर्ती गाउँमा पुर्याएको थियो।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
