मोबाईल चार्ज गर्न २० रुपैयाँ तिर्थिम,बबई गाउँपालिका १ तीनतले र मदानेका नागरिकको भोगाई

तुलसीपुर २६ असोज २०८३ सोमवार | पश्चिम दाङको बबई गाउँपालिकाका अत्यन्त बिकट गाउँ बस्ती हरुमा बिद्युत बिस्तार गरिएको छ | बिद्युत बाट बर्षौ देखी वन्चित रहँदै आएका बबई गाउँपालिकाको वडा नम्बर १ को रिमखोली,रुखढलेमदाने,तीनतले र मदाने गाउँका

नागरिकका घरमा बिद्युत बिस्तार गरिएको हो | वडा नम्बर १ को रुखढले र मदाने गाउँका १५ घरधुरी,तिनतले गाउँका २५ घरधुरी,र रिमखोली भन्ने गाउँका १६ घरधुरी गरी जम्मा ५६ घरधुरी नागरिकलाई बिद्युत सेवा उपलब्ध हुने गरी योजना सम्पन्न गरिएको कुरा नेपाल बिद्युत

प्राधिकरण तुलसीपुर वितरण केन्द्र ले जानकारी दिएको छ | बिकट गाउँ बस्ती हरुमा पनी बिद्युत सेवा पुग्नुपर्छ भन्ने हेतुले १५ लाख रुपैयाँ बजेट खर्च गरेर यी बिकट गाउँका नागरिक हरुको गाउँ घरमा बिद्युत बिस्तार गरेका छौं तुलसीपुर वितरण केन्द्रका कार्यालय प्रमुख सुरेश कुमार

महतो ले राप्ती पहिचान संग कुराकानी गर्दै भने | बबई गाउँपालिका वडा नम्बर १ लाई दाङ जिल्लाको स्यानो कर्णालीको नामले पनी चिन्ने गरिन्छ | हामीलाई यो बिकट ठाउँ सम्म आएर भुगौल अध्ययन गर्न पनी धेरै कठिन भएको थियो भने सरकारी जागिर खाएर बिकट गाउँ बस्तीका

नागरिकको सेवा गर्ने अवसर पाउँदा भने अत्यन्तै खुशी पनी लागेको थियो वितरण केन्द्र तुलसीपुर का इलेक्ट्रीकल ईन्जिनियर श्रीधर डाँगीले हामी संग भने | यता बिद्युत बिस्तार भएका गाउँ बस्तीका नागरिक हरु आज अचम्मै खुशी मुद्रामा देखिन्थे | हामीले त पहिला उज्यालोका निम्ती झर्को

बाल्थिम पछी बुवाले घरमा २५ पिकवाट को सोलार बत्ती राखे पछी मात्रै उज्यालोका लागी झर्को बाल्न छोड्या हम २२ वर्षीय पूर्वी कुमारी पुनले हाम्रा समाचारदाता संग कुराकानी गर्दै भनिन | हामले आफ्नो घरमा झर्को बाल्थिम र कमाउनका लागी घर छोडेर कालापार गएका आफन्त संग

कुराकानी गर्नका लागी सोलार बत्ती हुने घरमा गएर मोबाईल चार्ज गर्दा २० रुपैयाँ तिर्ने गर्थिम,पछी आफ्नै घरमा सोलार बत्ती राखे पछी बल्ल आफ्नै घरमा मोबाईल चार्ज गरेर कमाउन गएका आफ्ना घरका सदस्य संग कुराकानी गर्ने गरेकाथिम ३२ वर्षीय सिता कुमारी वली ले बताईन |

२० वाट सोलार बत्तीको उज्यालो नै कती हुन्छ र? २ घण्टा पछी मद्दा बत्ती बल्न थाल्छ रातीमा दिसा पिसाब लागेर ट्वाईलेट जाँदा समेत उज्यालो नहुँदा कतै बाघले समाउने पो हो की भनेर डर लाग्ने गर्थ्यो अब बल्ल बिजुली बत्तीले घरको सबै कुना कन्धरा उज्यालो बनाईदिने भो दल बहादुर

पुन मगरले खुशी हुँदै हामी संग भने | बिद्युत बिस्तार भए पछी आज असोज २६ गते मदाने गाउँको सिरानमा राखिएको बिद्युत ट्रान्सफर्मर बाट स्विच थिचेर औपचारिक रुपमा उदघाटन कार्यक्रम गरिएको थियो | बिद्युत उदघाटन कार्यक्रम संचालन नेपाल बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका सुपरभाईजर प्रकाश देवकोटाले गरेका थिए |

प्रतिक्रिया