दाङ घोराही २९ असोज २०८३ बिहिवार | दाङको घोराहीमा बिहिवार साँझ दुई माेटरसाईकल एक आपसमा ठाेक्कीएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा घाेराही २ रामपुर निवासी ४० वर्षका टाेपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक
श्रेष्ठले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटना पछि माेटरसाइकलमा आगलागी भएको थियोे । माेटरसाइकल जलेकाले माेटरसाइकल नम्बर पहिचान हुन सकेको छैन । दुर्घटनामा दुई जना घाइते भएका छन | घाईते मध्ये १ जनाकाे अवस्था गम्भीर रहेको कुरा श्रेष्ठले
जानकारी दिए ।घाइते दुवैको घाेरही स्थिति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।घाइते हुनेमा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का सुनिल खत्री र रामबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ ।तिव्र गतिमा रहेको एक माेटरसाइकलमा ३ जना सवार रहेको र
बंगलाचुली ४ का माेटरसाइकल चालक माेहन डाँगी दुर्घटना पछि फरार रहेको प्रहरीले जनाएको छ । फरार माेटरसाइकल चालक डाँगीकाे खाेजिकार्य भैरहेको पनि प्रहरीले जनाएको छ ।
