दाङ ८ कार्तिक २०८३ आईतवार | श्रमसंस्कृती पार्टीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य हर्क साम्पाङ राई आज हुम्ला जाँदै छन् | हुम्ला जिल्लाका सम्पूर्ण नागरिक संग दुख सुखका कुराकानी र भेटघाटका लागी उनी त्यहाँ जान लागेका हुन |साथै उनले हुम्ला जिल्लाको सर्केगाड
गाउँपालिका वडा नम्बर २ ऋपा गाउँका नागरिक संग बिशेष रुपमा भेटघाट गर्ने कार्यक्रम रहेको कुरा श्रमसंस्कृती पार्टीका लुम्बिनी प्रदेश सह-सचिव टोप बहादुर महतराले राप्ती पहिचान लाई जानकारी दिए |ऋपा त्यही ठाउँ हो जहाँ कर्णाली नदी तर्न तुईनको सहारा लिनु पर्छ |केही दिन
अघी बिद्या चापागाईं ले हेर्ने कथामा रिपा गाउँका नागरिकका कथा ब्यथा समेटेर बनाएको भिडियो सामग्री सम्प्रेसन गरेकी थिइन भने त्यो सामग्रीमा सर्केगाड गाउँपालिका वडा नम्बर २ रिपा गाउँका बालबालिकाले पढ्न जाँदा कर्णाली नदी तर्न एक मात्र विकल्प तुईन तरेर बिद्यालय
आउजाउ गरी रहेको भिडियो सामग्री प्रसारण गरिएको थियो | भिडियो सामग्रीमा हुम्ला सर्केगाड २ रिपाका महिला हरुले आफ्नो दुख सुख सरकारले नदेखेको गुनासा हरु राखेका थिए |त्यहाँका महिला हरुले रुँदै रुँदै आफ्ना दुख कसैले नहेरेको भनेको भिडियो सामाजिक संजालमा
देखे पछी साम्पांग ले नमस्कार हुम्ला,म आउदै छु हुम्ला भनेर स्टाटस लेखेका थिए | सामाजिक संजाल बाटै हुम्लेली जनता संग आफु हुम्ला आउने र हुम्लाका दुख कष्ट भरिएका आवाज हुम्लाको समस्या समाधान नहोउन्जेल सम्म संसदमा उठाई रहने वाचा गरे अनुसार साम्पांग हुम्लेली
जनताको वास्तविक दुख सुन्न र छुन हुम्ला जान लागेको कुरा महतराले हामी लाई जानकारी गराए | उनले हुम्लाको यात्रा सुरु गर्दा संचारकर्मी र श्रमदाता हरुलाई छोटो प्रतिक्रिया दिंदै हुम्लेली जनताको आवाज,दुख सुख र कष्टलाई त्यहीं पुगेर छुन र सुन्न आफु हुम्ला जान लागेको कुरा बताए | उनी आजै हुम्ला तर्फ हिंडेको जानकारी हामीलाई प्राप्त भएको छ |
