राजनीतिक विश्लेषक भरत दहाल मोरङ बाट पक्राउ

मोरङ ४ असोज २०८३ आईतवार | राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई मोरङ बाट पक्राउ परेका छन्। काठमाडौं बाट पक्राउ पुर्जी जारी भएकाले उनलाई मोरङमा पक्राउ गरेर काठमाडौं पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी

कवित कटवालले जानकारी दिए। राजनीतिक छलफलका लागि असोज २ गते पूर्वतर्फ आएका दाहाल असोज ३ गतेको छलफल सकेर असोज ४ गते काठमाडौं फर्किने क्रममा उनलाई मोरङ प्रहरीले पक्राउ गरेको हो | दाहालका सहकर्मीहरूले भने उनको पक्राउलाई राजनीतिक विचार

तथा सत्ता र शासन व्यवस्थाका त्रुटिविरुद्ध उठाउँदै आएको आवाज माथिको धरपकडका रूपमा व्याख्या गरेका छन्। उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि राज्य संयन्त्रको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।दाहालसम्बद्ध पक्षले वर्तमान सरकारको कदमले राज्य

फासीवादतर्फ उन्मुख भएको आशंका बढाएको दाबी गर्दै राजनीतिक विचार व्यक्त गर्ने नागरिकमाथिको दमनको विरोध गरेको छ।दाहाललाई कुन अभियोगमा र कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन। 

प्रतिक्रिया