लामो समयदेखिको मेरो एउटा धोको थियो—इतिहास र आधुनिकताको संगमस्थल भारतको राजधानी दिल्ली हेर्ने। अन्ततः २०६४ साल जेठ ७ गते नयाँ दिल्ली भ्रमण गर्ने अवसर जु¥यो। गोरखाका केशव अधिकारी, कैलाली टिकापुरका मदन कुँवर र म दाङ तुलसीपुरबाट यात्रा गर्ने तय भयो। हामी कोहलपुरमा भेट्ने सल्लाहअनुसार त्यहीँ भेटियौँ। त्यस रात होटलमा बसेर
दिल्लीको चर्चा गर्दै रात बितेको पत्तै भएन। म र केशव पहिलो पटक रेल चढ्न लागेका थियौँ। मदनले भने धेरै पटक रेल यात्रा गरेको अनुभव सुनाइरहनुभएको थियो। रेलको कल्पना र दिल्लीप्रतिको उत्साहले रात कटेको थाहै भएन। बिहानै उठेर नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गरी भारतीय भूभाग रुपैडिया पुग्यौँ। त्यहाँबाट गोण्डा पुगेर दिनभरि घुमफिर ग¥यौँ र साँझ
पाँच बजेतिर गोरखपुरबाट आउने रेल चढेर दिल्लीतर्फ लाग्यौँ।रेलमा नेपाली, भारतीय र केही विदेशी यात्रु पनि थिए। भारतमा अध्ययन गर्न जाने विद्यार्थी, उपचारका लागि यात्रा गर्ने नेपालीहरू, आ–आफ्नै कथा बोकेर यात्रामा थिए। लोकल ट्रेन भएकाले अत्यधिक भीड थियो। कहिल्यै रेल नचढेका हामी दुईजनाका लागि त्यो यात्रा अनौठो अनुभव बन्यो। झ्यालबाट देखिने भारतका
विशाल समथर भूभाग नियाल्दै १७ घण्टाको लामो यात्रा पछि भोलिपल्ट बिहान करिब १० बजेतिर हामी दिल्ली पुग्यौँ।दिल्ली रेल्वे स्टेशनको भीडले हामी अचम्मित भयौँ। यात्रु प्रतीक्षालयसम्म पुग्नै कठिन थियो। हाम्रो यात्राका संयोजक मदन कुँवरले डा. शिंह विक्रम पराजुलीलाई सम्पर्क गर्नुभयो। उहाँ गाडी लिएर लिन आउनुभएको थियो। उहाँकै सहयोगमा नयाँ दिल्लीको
पहाडगञ्जस्थित एउटा होटलमा बस्ने व्यवस्था मिल्यो। होटल, ट्याक्सी र अन्य झन्झटबाट हामी मुक्त भयौँ।डा. पराजुली पुरानै चिनजानका साथी हुनुहुन्छ । दुई वर्षअघि गोरखपुरमा सँगै बिताएका दिन सम्झँदै हामी पुराना कुरामा रमायौँ। उहाँ महाराष्ट्रमा बसोबास गर्ने नेपाली मूलका व्यक्ति हुनुहुन्छ र भारतीय राजनीतिमा राम्रो दख्खल राख्नुहुन्छ । हामी बसेको होटल नजिकै एउटा
किराना पसल थियो। टुथब्रस र साबुन किन्न म त्यहाँ पुगेँ। मैले टुटेफुटे हिन्दीमा कुरा गरेको थिएँ, तर पसलमा बसेकी केटीले नेपालीमै उत्तर दिइन्। म एकछिन अलमल्ल परेँ। मैले तिम्रो सुनाम के हो भनि सोधे उनले आफनो नाम प्रकृति ज्ञवाली र पुख्र्यौली घर स्याङ्जा भएको बताईन । आफनोे जन्म भारतमै भएको भनिन् ।प्रकृति साँच्चै आफ्नो नामजस्तै सौम्य र सुन्दर
थिइन्। लामो कालो कपाल, शान्त मुस्कान र आत्मीय व्यवहारले उनी अरूभन्दा अलग देखिन्थिन्। नाम पनि प्रकृति, मान्छे पनि प्रकृतिजस्तै सौम्य र सुन्दर रहिछिन्। म पनि भर्खर मास्टर्स सकेको, अंग्रेजी राम्रै बोल्न सक्ने। मैले अंग्रेजीमै उनको पढाइबारे सोधेँ। उनी त मभन्दा अझ राम्रो अंग्रेजी बोल्ने रहिछिन्। स्नातक अध्ययन गर्दै रहेछिन्। भारतको नोइडानजिकैको एक ग्रामीण
बस्ती घर भएको र व्यापारका लागि यहाँ बसेको कुरा प्रकृतिले बताइन्।यति कुरा हुन्दै थियो । चिनजान भएपछि कफि खान आग्रह गरिन मैले हुन्छ भने उनले कफि मगाईन हामी कफी पिउँदै गफ गरिरहेका थियौँ। साथी केशव अधिकारी मलाई खोज्दै त्यहाँ आइपुग्यो। उसका लागि पनि कफी मगाइयो। हामी तीनै जना उनकै पसलमा बसेर कफी खायौँ। बेलुका फेरि भेट्ने सर्तमा
छुट्टियौँ। सामान्य चिनजानले पनि मनमा एक किसिमको आत्मीयता पैदा गर्न थालेको थियो। केशवलाई पनि त्यस्तै भएको रहेछ। खाना खाने बेला उसले त्यही कुरा सुनायो। त्यस दिन नयाँ दिल्लीसहित नेपालको पश्चिमी सीमापारिसम्म भारी वर्षा भयो। वर्षाका कारण हामी चारै जना दिनभर होटलमै बस्यौँ। नेपालको समसामयिक राजनीतिक विषयमा लामो छलफल ग¥यौँ। यात्राको
थकानले होला, मलाई निद्रा लाग्न थालेको थियो। तर उता प्रकृतिलाई फेरि कहिले भेटौँला भन्ने तीव्र इच्छा मनभित्र पलाइरहेको थियो । प्रकृतिको रूप असाध्यै आकर्षक थियो। सिल्की, लामो र कालो कपालले उनको सौन्दर्यलाई अझ मोहक बनाएको थियो। उनको हाँसोमा एक प्रकारको सम्मोहन थियो, जसले जो–कसैलाई पनि तान्न सक्थ्यो। मृगनयनी आँखा, उज्यालो अनुहार र
आत्मविश्वासले भरिएको व्यक्तित्वले उनलाई झन् विशेष बनाएको थियो। सामान्य पहिरनमै पनि उनी अत्यन्त आकर्षक देखिन्थिन्। उनको समग्र व्यक्तित्वमा एक प्रकारको सौम्यता र रहस्यमय आकर्षण मिसिएको थियो, जसले मनलाई बारम्बार उनीतिर डो¥याइरहेको थियो।म प्रकृतिको सौन्दर्य र व्यवहार सम्झँदै निदाएको रहेछु। अचानक साथी केशवले झस्काउँदै
ब्युँझायो। थाहा भयो, निद्रादेवीले मलाई पहिल्यै छोपिसकेकी रहिछिन्, र म सपनामै प्रकृतिसँग भेटिरहेको रहेछु। झन्डै तीन करोड जनसंख्या भएको विशाल दिल्लीको भित्री क्षेत्रमा मात्रै करिब डेढ करोड मानिस बसोबास गर्छन्। यस क्षेत्रभित्र हरियाणा, उत्तर प्रदेश र राजस्थानका केही भूभाग पनि समेटिएका छन्।पानी रोकिएपछि हामी दिल्ली घुम्न निस्कियौँ। सरिता विहार, बसन्त
विहार, मथुरा रोड हुँदै विभिन्न ठाउँ पुग्यौँ। साँझ एउटा रेस्टुरेन्टमा खाना खान गयौँ। त्यहाँका वेटर रोल्पाका रहेछन्। उनले हामीलाई आफ्नै मानिस भेटेजस्तो आत्मीय ब्यबहार गरे। १५ वर्षको उमेरमा रोजगारीका लागि दिल्ली आएको उनको कथा सुन्दा मन भारी भयो।सडक, विशाल भवन, अनगिन्ती सवारीसाधन र आधुनिक जीवनशैलीले हामीलाई प्रभावित बनाइरहेको
थियो। राति कोठामा फर्किएपछि पनि मलाई प्रकृतिको सम्झनाले छोडेन ।बिहान उठेर मैले होटलको छतमा गएर बिहानीको हिँड्डुल गर्नु नै उत्तम ठानें। बिहानीको चिसो हावाको साथै पूर्वबाट घाम उदाउँदै गरेको दृश्यको आनन्द लिन र पर परसम्मको दृश्य हेर्न पाउँदा निकै खुशी महसुस भयो। सूर्य उदाउने दिशा पूर्व हुने भएकोले अन्य दिशा पहिल्याउन सजिलो भइहाल्यो। नत्र
नयाँ ठाउँमा दिशा ज्ञान हुन पनि गाह्रो पर्दछ कतिपयले त छतमा बगैँचा पनि बनाएका रहेछन । म प्रकृतीसंग रमाउदै प्रकृतीलाई नियालीरहेको थिए । तलबाट साथीहरु मदन कुवर , केशव विक्रम पराजुली पनि छतमा नै आइपुग्नु भयो चिया नास्ता माथि नै मगाउनु भएको रहेछ ।सबै जना सँगै बसेर गफमा भुल्यौं। आज हामीलाई बिक्रम जीले पुरानो दिल्लीस्थित चाँदनी
चोकमा घुमाउन लग्ने भन्नु भयो ।त्यसपछि मेट्रो चढेर पुरानो दिल्लीस्थित चाँदनी चोक पुग्यौँ। जलेबीवाला पसलमा दूध, जेरी र रबडी खायौँ। त्यहाँको स्वाद अद्वितीय थियो।चादनीचोक साँच्चै इतिहास बोकेको बजार रहेछ। भीड, रिक्साको चाप, पुराना हवेली, मस्जिद, मन्दिर, गुरुद्वारा र चर्च—सबै एकै ठाउँमा देख्दा भारतको धार्मिक सहिष्णुताको झल्को पाइन्थ्यो।हामीले लाल
किल्ला, दिगम्बर जैन मन्दिर, जामा मस्जिद, फतेहपुरी मस्जिद, गुरुद्वारा शिषगञ्ज साहिब लगायत धेरै ऐतिहासिक स्थल बाहिरबाट अवलोकन ग¥यौँ।दिल्ली बसाइका क्रममा डा. पराजुलीले विभिन्न राजनीतिक नेता, उद्योगपति, सामाजिक व्यक्तित्व र धार्मिक गुरुसँग भेटघाट गाराउनु भयो। रोजगार र व्यापारका लागि दिल्ली पुगेका नेपालीहरूसँग पनि कुराकानी गर्ने अवसर
मिल्यो। तर यी सबै दृश्य र भेटघाटभन्दा गहिरो छाप भने प्रकृतिले छोडेकी थिइन्।दुई दिनपछि म फेरि उनको पसलमा पुगेँ। उनले आफ्ना बुवा–आमासँग परिचय गराइन्। छोटो समयमै हामी आफन्तझैँ भइसकेका थियौँ। त्यही बेला साथीहरू अक्षरधाम जाने भन्दै आइपुगे। हामी सबै त्यतै लाग्यौँ। अक्षरधामको भव्यता र आध्यात्मिक वातावरणले मनलाई अर्को उचाइमा पु¥यायो।
समय बित्दै गयो। दिल्ली बसाइ एक हप्ताको भइसकेको थियो। नेपाल फर्कने अघिल्लो दिन म र केशव प्रकृतिको पसलमा गयौँ। प्रकृतीले आफ्नी साथी बिश्रुता मिश्रलाई पनि बोलाएकी रहिछिन् । उनले हामीसँग परिचय गराइन् । बिश्रुता पनि उनकै सहपाठी रहिछिन् । उनले दिल्लीमा सिनेमा हेर्न जाऔँ भन्ने प्रस्ताव राखिन्, जुन हामीले सहर्ष स्वीकार ग¥यौँ ।हामी चारै जना पहिलो
पटक दिल्लीको सिनेमा हलमा पुगेका थियौँ । त्यहाँ हामीले सलमान खानको प्रेमकथामा आधारित फिल्म हे¥यौँ । नेपालका साना हलमा मात्रै फिल्म हेरेका हामीका लागि वातानुकूलित सिटमा बसेर विशाल पर्दामा फिल्म हेर्नु नौलो र रमाइलो अनुभव थियो ।फिल्म सकिएपछि नजिकैको एउटा क्याफेमा गएर चियाचमेना गर्यौ । धेरै बेरसम्म गफियौँ । प्रकृतीले आफ्ना बारेमा धेरै
कुरा सुनाइन् । उनकी साथी बिश्रुताले टुटेफुटे नेपाली बुझ्ने र बोल्ने रहिछिन् । प्रकृती केवल बाहिरी रूपमा मात्र सुन्दर थिइनन्, व्यवहार र सरलतामा पनि उत्तिकै आकर्षक थिइन् ।झमक्क रात परिसकेको थियो । हामी हतारहतार कोठातर्फ फर्कियौँ । त्यस दिन बिश्रुता पनि प्रकृतीकै घरमा बसिन् । तर त्यो रातभरि भने प्रकृतीको सम्झनाले मलाई सताइरह्यो । उनको मुस्कान र मधुर
आवाज कानमा निरन्तर गुञ्जिरहेजस्तो लाग्थ्यो ।भोलिपल्ट हामी नेपाल फर्कने तयारीमा थियौँ । बिहान सबै जना फेरि प्रकृतीको पसलमा पुग्यौँ । सँगै कफी खायौँ र फेरि भेट्ने वाचा गर्दै बिदा भयौँ । छुट्टिने बेला प्रकृतीका आँखाबाट टप्टप आँसु झरिरहेका थिए । उनको अनुहारमा गहिरो नियास्रो झल्किन्थ्यो । मलाई पनि उनीसँग छुट्टिन मन थिएन, तर परिस्थिति नै त्यस्तो बन्यो ।हामी
चार जना नैनीताल हुँदै नेपालको गड्डाचौकी आइपुग्यौँ । त्यहाँबाट मदन कुँवर लम्की झरेर टिकापुरतर्फ लाग्नुभयो । म, केशव र पराजुली भने नेपालको राजधानी काठमाडौं फर्कियौँ । काठमाडौं पुगेपछि सबै आ–आफ्नो काममा व्यस्त भयौँ ।तर मलाई प्रकृतीको सम्झना बारम्बार आइरहन्थ्यो । केशवलाई पनि बिश्रुतालाई भेटने ईच्छा रहेछ त्यसैले केशवले पनि धेरै पटक फेरि
दिल्ली घुम्न जाने प्रस्ताव राखे, तर समय मिल्न सकेन । यसरी समय बितेको पत्तै भएन, एक वर्ष बितिसकेको रहेछ ।नयाँ वर्ष २०६६ सुरु भएसँगै फेरि भारतको राजधानी नयाँ दिल्ली भ्रमण गर्ने अवसर मिल्यो । हामीले नेपाल वायुसेवा निगमको बिहानको उडानका लागि टिकट खरिद गरेका थियौँ । त्यसैले बिहान ५ बजे नै तयार भएर विमानस्थल पुग्यौँ ।ठीक समयमा दिल्ली
उडानका यात्रुहरूलाई विमानतर्फ जान उद्घोषणा गरियो । निर्धारित समयमै विमानले बिहान साढे आठ बजे धर्ती छोडेर आकाशिन सुरु ग¥यो । यात्रा अवधिभर उडान निकै सहज र रमाइलो रह्यो । दिल्ली पुग्दा बिहानको तापक्रम ३८ डिग्री सेल्सियस थियो । त्यहाँबाट ट्याक्सी लिएर हामी एक वर्षअघि बसेकै होटलमा पुग्यौँ । कोठामा पुगेर फ्रेश भएर हामी कफी खाँदै थियौँ ।
त्यत्तिकैमा हाम्रो कोठाको ढोकामा कसैले ढकढक्यायो । मैले मुन्टो नउठाई भनेँ, “यस, कम इन ।”प्रकृती दुईवटा चिठी बोकेर हाम्रो कोठामा प्रवेश गरिन् । हामी एकछिन अक्क न बक्क भयौँ । उनले रुँदै हाम्रो ओछ्यानमा ती चिठीहरू फालिन् । एउटा रजिष्टर्ड चिठी थियो भने अर्को विवाहको कार्ड । रजिष्टर्ड चिठी मलाई लेखिएको रहेछ, तर काठमाडौंमा मेरो ठेगाना पत्ता
नलागेर फिर्ता आएको रहेछ । अर्को उनको आफ्नै बिहेको निम्तोपत्र ।हामी केहीबेर भावुक बन्यौँ । के भइरहेको हो भन्ने नै बुझ्न सकेका थिएनौँ । पछि प्रकृतीले रुँदै सबै कुरा विस्तारमा सुनाइन्, तब मात्र हामी ढुक्क भयौँ । वास्तवमा उनले मलाई धेरै मन पराउँदी रहिछिन् । उनकी साथी बिश्रुता र उनी हामीलाई भेट्न ‘नेपाल घुम्न’ भन्ने बहानामा काठमाडौं आएका रहेछन् । तर भेट्न
नसकेर फर्किनुपरेछ ।हामीले उनको लागि पनि कफी मगायौँ । कफी पिउँदै कुराकानी सुरु भयो । बिश्रुताले पनि केशवलाई मन पराएकी रहिछिन् । उनले नेपालीसँग विवाह गर्ने अनुमति बाबुआमासँग मागिसकेकी रहिछिन् । उनकी दिदीको विवाह नेपाली मूलका व्यक्तिसँग नै नैनीतालमा भइसकेको रहेछ । विवाहअघि केशवलाई भेट्ने प्रयास गरिरहेकी रहिछिन् । यो कुरा
सुनेपछि केशव पनि निकै भावुक भयो । प्रकृतीले आफ्नो विवाहमा बिश्रुता आउने बताउँदा केशव मुसुक्क हाँस्यो ।प्रकृती सोफामा नबसेर हामीसँगै ओछ्यानमै बसेकी थिइन् उनले नजानिँदो ढंगले मेरो हात सुम्सुम्याइरहेकी थिइन् । केहीबेर
वातावरणमा सन्नाटा छायो । प्रकृतिले आफूले मलाई धेरैमन पराएको कुरा पत्रमा लेखिएकी रहेछिन । मैले भने त्यति गम्भीरतापूर्वक कहिल्यै सोचेको थिइनँ। तर उनको चिठीले मलाई गहिरो भावनामा डुबायो।
मैले डराइडराई सोधेँ, “तिमीले कससँग विवाह गर्दैछौ ?”उनले छोटो उत्तर दिइन्, “केटासँग ।”त्यसपछि आफूलाई सम्हाल्दै
भनिन्, “विवाह त तपाईंसँग गर्ने मन थियो, तर परिस्थितिले अर्कै बाटो रोजायो।”
मैले भनेँ“राधा र कृष्णबीच विवाह नभए पनि प्रेम त अमर छ।”उनले मुस्कुराउने प्रयास गरिन्, तर आँखामा आँसु थिए।उनी केहीबेर चुप लागिन् । आँसु पुछ्दै फेरि भनिन्, “भो, छोडिदिऊँ ती कुरा । ती सबै बितिसके । बितेका कुरामा कति गुनासो गर्नु ?
संसारले हेर्दा म सुखी छु । आफ्नो सुन्दर संसार छ ।”मैले थपेँ, “हो त नि ।”उनले फेरि मलाई सोधिन्, “त्यो त हो, तर तिमी नै भन, अब के गर्ने ?म केही बोल्न सकिनँ । अन्ततः भनेँ, “राधा र कृष्णबीच विवाह नभए पनि प्रेम त थियो नि…त्यसपछि उनले मुस्कुराउँदै भनिन्, “त्यसो भए तिमीले विवाह गर्दैनौ ? त्यो बेला उनको अनुहारमा हल्का आभा झल्किएको थियो । उनी
हतारहतार उठेर घर फर्किइन् । तर उनको अनुहारमा प्रसन्नता थिएन, आँखाका ज्योति भिजेका थिए । उनले मलाई आफ्नो विवाहमा आउन निम्तो दिएकी थिइन् ।संयोगले म पनि दिल्लीमै पुगेको थिएँ ।उनले लेखेको चिठी पढेपछि बल्ल थाहा भयो—वास्तवमा उनले मलाई धेरै माया गर्दिर रहिछिन् । मैले त त्यति गम्भीरतापूर्वक सोचेको थिइनँ । तर त्यो चिठीले मलाई गम्भीर
बनायो । यो मन भन्ने चीज पनि कति प्रतिभाशाली हुँदो रहेछ । विगतले बनाएका आदतहरूमा रमाइरहन खोज्दोरहेछ । मैले पनि त्यही सम्झनामा रमाउने सोचेर विवाहमा जाने निर्णय गरेँ । आखिर पाउने त केही थिएन ।
हामी पार्टी प्यालेस पुग्यौँ । अन्य साथीहरू पनि सँगै थिए । हामी प्रकृतीका नजिक गयौँ । बिश्रुताका श्रीमान पनि आएका रहेछन्
। उनले हामीलाई परिचय गराइन् ।बिश्रुताले सँगै बसेर आइसक्रिम खाने प्रस्ताव गरिन् । दुलही बन्ने तयारी छाडेर प्रकृती पनि हामीसँग आइन् । हामी पाँच जना सँगै बसेर आइसक्रिम खायौँ ।बिश्रुताले केशवलाई साह्रै मन पराएकी रहिछिन् । एकान्त पाउनासाथ उनले मसँग आफ्ना गुनासा पोखिहालिन् । त्यसदिन मन नलागी–नलागी केशव र म विवाहमा सरिक भयौँ ।
अन्तिमसम्म पनि प्रकृतीले मसँग विवाह गर्ने चाहना व्यक्त गरिरहिन् । मलाई निर्णय गर्न निकै अप्ठ्यारो प¥यो ।
अन्ततः मैले र केशवले सल्लाह गरेर विवाह नगर्ने तर विवाहमा सहभागी हुने निर्णय गर्यौँ ।बिहेका कार्यक्रम सुरु भए । पुरोहितले यज्ञकुण्डको सातपटक परिक्रमा गराउँदा वर–वधूले त्यसको पालन गरे । अग्निको परिक्रमा पूरा भएपछि पति–पत्नी
एकअर्कासँग बाँधिए । सायद उनी बाहिरबाट खुसी थिइन् ।
अन्माउने कार्य सकिएपछि हामीले बिदा मागेर कोठामा फर्किने सोच बनाएका थियौँ । तर उनका बाबुआमा र बिश्रुताले मान्नुभएन । उनीहरूको आग्रहमा त्यसदिन त्यहीँ बस्यौँ ।भोलिपल्ट बिश्रुताले पार्टीमा जाने आग्रह गरिन्, तर हामीले त्यो आग्रह
नमानी कोठातिर फर्कियौँ । केही दिन दिल्ली बसेर अन्ततः नेपाल फर्कियौँ ।
तर दिल्लीको त्यो यात्रा केवल राजधानी घुम्ने यात्रा मात्र रहेन। त्यो यात्रा इतिहास, संस्कृतिसँगै भावनाको पनि यात्रा बन्यो।आज पनि दिल्ली सम्झँदा चाँदनी चोकको भीड, रेलको यात्रा, अक्षरधामको शान्ति र प्रकृतिको आँखा एकसाथ सम्झनामा आउँछन्। केही सम्बन्धहरू जीवनमा पूरा हुँदैनन्, तर अधूरोपनमै उनीहरूको सौन्दर्य लुकेको हुन्छ।
