सल्यानमा ट्रेक्टर हुँदा एक जनाको मृत्यु २ घाईते


सल्यान २५ बैशाख २०८३ शुक्रवार। सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।फारुल्लाचौर बाट भुसखोला तर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर

शुक्रबार दिउँसो करिब १:३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोला निवासी अन्दाजी १७ वर्षीय प्रदिप विक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका

लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएकोमा स्वास्थ्यकर्मीले दिउँसो१:५० बजे मृत घोषणा गरेका थिए ।दुर्घटनामा परी ट्याक्टरमा सवार सोही स्थानका १७ वर्षीय टेकबहादुर विक घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा सामान्य चोट

लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै २२ वर्षीय विशाल वि क पनी सो ही दुर्घटनामा परी घाइते भएकाछन | उनको दाहिने हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको र थप उपचारका लागी नेपालगञ्ज पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया