रोल्पा जिप दुर्घटना स्थलमा उज्यालो भए लगत्तै थप खोजी तथा उद्दार कार्य पुन:सुरु गरिएको छ

रोल्पा,१८ बैशाख २०८३ शुक्रवार। रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनास्थलमा थप खोज तथा उद्धार कार्य पुन: सुरु गरिएको छ । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार

स्थगित गरिएको थियो । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आज बिहानैबाट सुरक्षाकर्मीहरु घटनास्थलमा परिचालित भइसकेका छन् । उनका अनुसार आज शव पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम सुरु हुनेछ ।

रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियोे । दुर्घटनामा २० जनाको मृत्यु पुष्टि भएको छ भने एकजना घाइते छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२

वर्षीय समिर कामीलाई राति नै रुकुम पूर्व अस्पतालबाट बाहिर रिफर गरिएको जनाइएको छ । भौगोलिक विकटताका कारण शव संकलन गरी घटनास्थल नजिकै राखिएको छ । उद्धार कार्यमा हेलिकप्टर समेत प्रयोग गर्ने गरी तयारी गरिएको प्रमुख

जिल्ला अधिकारी क्षेत्रीले बताए । सबै शव संकलन भइसकेको जानकारी दिँदै उनले उद्धार कार्य पश्चात् आज नै सबैको पहिचान हुने प्रजिअ क्षेत्रीले बताए। यता यही बिषयमा हामीले जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक सुनिल

थापा लाई फोन गरेर घटना बारे थप जानकारी माग्दा हिँजो खबर पाए लगत्तै दुर्घटना स्थलमा खटिई गएको उद्दार टोलीले फेला पारेका शव हरु संकलन गरेर बाटोमा ल्याएर राखेको,रात परेको र पानी पनी परेकाले संकलित शव उठाउन सकिएन अहिले

बिहान उज्यालो भए लगत्तै दुर्घटना स्थल नजिकै संकलन गरी राखिएका शवहरु त्यहाँ बाट उठाउने प्रक्रिया सुरु भएको र थप उद्दार र खोजी कार्य सुरु गरेको कुरा बताए | मृत्यु हुनेमा को को हुन र उनीहरुको विवरण के हो? भनी प्रश्न गर्दा मृतकहरुको बारेमा हामीलाई केही जानकारी भए पनी सनाखत गर्ने ब्यक्ती घटना स्थलमा आईनपुगेकाले हामीले केही भन्न नमिल्ने कुरा थापाले बताए |

प्रतिक्रिया