दाङको लमही नगरपालिका–५ स्थित जुनतारा सुनचाँदी पसलमा पेस्तोल प्रहार गरी फरार भएका प्रतिवादी अन्ततः पक्राउ परेका छन्।
मिति २०८२।०८।२० गते दिउँसो करिब १३:३० बजे, सुन किन्न आएको बहानामा रा १ प २६४९ नम्बरको मोटरसाइकलमा आएका नामथर वतन नखुलेका व्यक्तिले पसलमा काम गर्ने कर्मचारीमाथि पेस्तोलले गोली प्रहार गरी मोटरसाइकल छाडेर फरार भएका थिए।
घटनापछि २०८२।०८।२७ गते लमही–दाङस्थित रोयल प्यालेस होटलमा अभियुक्तले प्रयोग गरेको पेस्तोल फेला परेको थियो। त्यसपछि तीव्र खोजतलासका क्रममा मिति २०८२।०९।०४ गते बिहान ०७:०० बजे, दाङको राजपुर गाउँपालिका–१ मारुनी खोला जंगलमा लुकिछिपि बसेको अवस्थामा **बंगलाचुली गाउँपालिका–४ काभ्रे निवासी ३३ वर्षीय लेखराज के.सी.**लाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका के.सी.लाई दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, पक्राउ परेका लेखराज के.सी. यसअघि लागु औषध मुद्दामा १५ वर्ष कैद र रु. ५ लाख जरिवाना सजाय भुक्तान गरिरहेका व्यक्ति रहेको खुलासा भएको छ। उनी मिति २०८२।०५।२४ गते तुलसीपुर कारागारबाट जेन्जी आन्दोलनको क्रममा फरार भएका थिए।
