तुलसीपुर २५ असोज २०८३ आईतवार | श्रमसंस्कृती पार्टीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य माननीय हर्क साम्पाङ राई दाङ आउन लागेका छन् | उनी यही असोज २८ गते दाङ आउन् लागेको कुरा श्रमसंस्कृती पार्टीले जानकारी दिएको छ | असोज २८ गते दिनको १२ बजे
दाङको लमहीमा श्रमदाता र सर्वसाधारण नागरिकहरु संग साम्पाङले भेटघाट गर्नेछन भने सो ही दिन दिउँसो २ बजे दाङको घोराहीमा पनी साम्पाङले सर्वसाधारण नागरिक र श्रमदाता ज्यु हरु संग भेटघाट गर्ने कार्यक्रम तय भएको कुरा श्रमसंस्कृती पार्टीका लुम्बिनी प्रदेश समितीका
सह-सचिव टोप बहादुर महतराले राप्ती पहिचान लाई जानकारी दिए | दाङको लमही र घोराहीको भेटघाट पछी राई पश्चिम नेपालको भ्रमणमा जाने कार्यक्रम रहेको कुरा महतराले हामी संग भने |रास्ट्र रास्ट्रीयता,रास्ट्रीय अखंड़ता र नेपालको रास्ट्रीय स्वाधिनता नै खतरामा पर्न आँटेको
घटना परिघटना हरु क्रमश:बाहिर आई रहेका बेला श्रमसंस्कृती पार्टीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य साम्पाङको देश दौडाह र नागरिक भेटघाट लाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हरिएको छ | साम्पाङ हाल पूर्वी नेपालको दौडाहमा सक्रिय छन् |
