चितवन ५ असोज २०८२ आईतवार। देशको राजधानीलाई जोड्ने एक मात्र रास्ट्रीय राजमार्गको तीन दिनदेखि पूर्ण रूपमा बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार दिउँसोबाट एक तर्फी सञ्चालनमा आएको छ । तुइन खोला नजिक गत

शुक्रबार साँझ ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन, ट्राफिक प्रहरी र सुरक्षाकर्मीको समन्वयमा आइतबार बिहानैदेखि मेसिन परिचालन गरेर लगातार पन्छाउने काम गरिएको थियो । प्रयासकै क्रममा अपरान्ह सवा ४ बजेबाट सवारी आवागमन आंशिक रूपमा खुलेको इलाका प्रहरी
कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । तर जोखिम भने अझै टरेको छैन । ‘भीरबाट ढुङ्गा–माटो खस्ने क्रम रोकिएको छैन, हल्का पहिरो झरिरहेकाले सडक सुरक्षित भन्न
सकिँदैन,’ सिंहले बताए ।सडक बन्द हुँदा काठमाडौं–पोखरा र चितवनतर्फ गएका सयौं सवारी साधन बाटैमा रोकिएका थिए । यात्रुहरू शुक्रबार साँझदेखि नै अलपत्र परेका कारण अत्यधिक समस्या भोग्नु परेको थियो ।
