तुलसीपुरमा जंगली च्याउ खाँदा ७ जना बिरामी,एक को अवश्था गम्भीर

तुलसीपुर १ साउन २०८३ शुक्रवार | दाङको तुलसीपुरमा जंगली च्याउ खाँदा ७ जना बिरामी परेका छन | यसरी बिरामी हुनेहरुमा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बल्ले भन्ने ठाउँका रहेका छन् भने च्याउ खाएर बिरामी परेका मध्ये एक जनाको अवश्था गम्भीर रहेको उनका आफन्तले राप्ती पहिचान डटकम लाई जानकारी दिए | जंगली च्याउ

खाएर बिरामी पर्ने हरुमा तुलसीपुर ३ बल्लेका ७५ वर्षकी दशरथी पुन, उनका छोरा अन्ताजी वर्ष ३८ का डम्मर बहादुर पुन, सो ही ठाउँका वर्ष ४० की दिपा पुन,सो ही ठाउँ निवासी वर्ष ३६ का तिलक पुन, वर्ष ५ का विपिन पुन,वर्ष १२ का बिबेक पुन र सुमन बुढाथोकी रहेका छन् | बिरामी परेका मध्य दशरथी पुन,बिबेक पुन,विपिन पुन र सुमन बुढाथोकी उपचार पछी घर फर्की सकेका

छन भने डम्मर बहादुर पुन र तिलक पुन लाई घरमै सामान्य उपचार गरिएकोमा हाल उनीहरुको स्वाश्थ्य अवश्था सामान्य रहेको कुरा उनका आफन्तले जानकारी दिए | एकै जातको जंगली च्याउ पकाएर खाएका दुई परिवारका ७ जना बिरामी परेका हुन भने च्याउ खाएर बिरामी परेका मध्ये ४० वर्षीय दिपा पुनको अवश्था हाल नाजुक रहेको कुरा उनका आफन्त बिर बहादुर

बुढा मगरले हामीलाई बताए | विषाक्त च्याउ खाएर अस्वश्थ भएपछी उनलाई सुरुमा तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागी लगिएको थियो भने त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागी उनलाई राप्ती स्वाश्थ्य

बिज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो | उनको त्यहाँ पनी उपचार सम्भव नभएपछी हाल उनको घोराही स्थित संजीवनी नामको निजिअस्पतालमा उपचार भई रहेको कुरा पुनका आफन्तले जानकारी दिए |

प्रतिक्रिया