तुलसीपुर २१ जेठ २०८३ बिहीवार | राप्ती साहित्य परिषद् केन्द्र, घोराहीले यस वर्षको प्रतिष्ठित ‘चन्द्रमधु गीत सङ्गीत पुरस्कार-२०८२’ सल्यान, बागचौरका शेरबहादुर डाँगीलाई प्रदान गर्ने भएको छ। परिषद्को आगामी जेठ २३ र २४ गते हुन गइरहेको ४९ औँ वार्षिकोत्सव, पुरस्कार वितरण, सिर्जनावाचन तथा २६ औँ साधारण सभाका अवसरमा डाँगीलाई उक्त
पुरस्कार समर्पण गर्न लागिएको हो। परिषद्का अध्यक्ष कमलमणी देवकोटाले एक पत्र जारी गर्दै विजेता डाँगीलाई पुरस्कार ग्रहणका लागी हार्दिक निमन्त्रणा गर्नुभएको छ। २०४५ सालमा सल्यानको सानागाँडाकोट भन्ने ठाउँमा जन्मेका डाँगीले श्री भुवनेश्वरी आधारभूत बिद्यालय गाँडाकोट बाट अक्षर चिन्न सुरु गरेका थिए भने श्री बालकन्या माध्यामिक बिद्यालय कोटवारा बाट
उनले माध्यामिक तहको शिक्षा हाँसिल गरेका हुन | त्यस पछी उच्च शिक्षा का लागी छिमेकी जिल्ला दाङ झरेका डाँगीले नेपाल संस्कृत विश्व विद्यालयको आंगिक पिठ दाङको बिजौरी स्थित श्री जनता बिद्यापिठ बाट आई एस सी,अमृत साइन्स क्याम्पस काठमाण्डौ बाट बि एस सी र काठमाडौं कै त्रिचन्द्र क्याम्पस बाट २०७३ सालमा रसायन बिज्ञान तर्फ स्नातकोत्तर तहको उपाधी
प्राप्त गरेका छन् | त्यस्तै सम्मान र पुरस्कार तर्फ २०७६ सालमा भरतमणी सारदा देवी साहित्य पुरस्कार,२०७७ सालमा उनको आफ्नै रचना र स्वरमा रहेको बिर नेपाली नामक रास्ट्रीय गीत रिलिज गरे पछी उनले ज्योती म्युजिक फिल्म अवार्ड प्राप्त गर्न सफल भए भने डाँगीको स्वर र शब्द रहेको बिर नेपाली र पर्खाईमा नेपाल आमा नामक रास्ट्रीय गीतले हाल बजारमा ख्याती
प्राप्त गरी रहेका छन | वि.सं. २०३४ सालमा स्थापना भएको राप्ती साहित्य परिषद्ले जेठ २३ गते शनिबार बिहान ११:३० बजे घोराही उप-महानगरपालिकाको सभाकक्षमा पुरस्कार वितरण, सम्मान र सिर्जनावाचन कार्यक्रम तय गरेको छ भने दोस्रो दिन
जेठ २४ गते आइतबार बिहान ७:३० बजेदेखि २६ औँ साधारण सभा सञ्चालन गर्ने जनाएको छ | डाँगीले हाल सल्यान जिल्लाको बागचौर नगरपालिका स्थित श्री जनकल्याण माध्यामिक बिद्यालय थारमारेमा रसायन शास्त्र माध्यामिक तहमा शिक्षण पेशा गर्दै आएका छन् |
