एमाले उपाध्यक्ष बिष्णु पौडेल सुर्खेत बाट पक्राउ अब के गर्ने भन्ने बारे सर्कुलर आउला,दाङ उपाध्यक्ष -बुढाथोकी

दाङ ८ असार २०८३ सोमवार | नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व-अर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा प्रहरीले उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिएको हो।पौडेललाई विभागको पत्र प्राप्त भएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।‘सम्पत्ति शुद्धीकरणको

कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो, सोही आधारमा हामीले उहाँलाई राखेका छौँ,’ स्रोतले भन्यो।विभागले पौडेलको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे उजुरी परेकाले थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनका लागी प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत

पुगेका थिए। एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ।उनलाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। पौडेलमाथि शंकास्पद सम्पत्ति र सेयर बजारमा भएको अस्वाभाविक

लगानीका विषयमा केन्द्रित रहेर अनुसन्धान अघि बढाइएको छ।यता यही बिषयमा हामीले नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी लाई फोन गरेर यस बारे एमाले दाङको धारणा के हो भनी प्रतिक्रिया माग्दा राज्यको यो प्रतिशोधपूर्ण कार्यको राजनीतिक र कानुनी रुपमा प्रतिकार गर्ने कुरा बताए | आन्दोलन हुन्छ की हुँदैन भन्ने हाम्रो थप प्रश्नको जवाफमा अहिले

आन्दोलन हुने नहुने गर्ने नगर्ने भन्ने बारेमा छलफल हुँदै गरेको कुरा बताए |

प्रतिक्रिया