उनी हरु ११ के भी लाइन मर्मतका लागी पोलमा चढेका थिए |

तुलसीपुर १५ असार २०८३ सोमवार | दाङ को हापुरे देखी तुलसीपुरका लागी ११ के भी बिद्युत लाईनको अश्वारा देखी तुलसीपुर क्षेत्रमा मा केही प्राविधिक समस्या आए पछी अस्वारा स्थित सव-स्टेशन बाहिर बिद्युत पोलमा चढेर मर्मत कार्य गर्न

लाग्दा करेन्ट लागेर दुई जना कर्मचारी गम्भीर घाईते भएका छन् | सोमबार बिहान करिब ११ : ४५ विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रबाट खटिएको टोलीले विद्युतको पोलमा चढेर मर्मत तथा प्रसारणसम्बन्धी काम गरिरहेको अवस्थामा एक्कासी

करेन्ट लाग्दा रुकुम सानोभेरी गाउँपालिका – २ स्थायी घर भई हाल तुलसीपुरमा बस्दै आएका कर्मचारी ३६ वर्षीय जितेन्द्र पुन र सोही स्थानका वर्ष ३३ का राजेन्द्र बुढाथोकी लाई करेन्ट लागेको हो।दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि

तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल ल्याईएको मा हाल दुवै जना लाई काठमाडौं रिफर गर्ने तयारी भएको कुरा तुलसीपुर वितरण केन्द्र का प्रशासन सहायक दण्डपानी बिक ले राप्ती पहिचान लाई बताए। अस्पतालका अनुसार राजेन्द्र बुढाथोकीको

अवस्था मध्यम रहेको छ भने जितेन्द्र पुनको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ। जितेन्द्र पुन लाई तत्काल भेंटीलेटरमा राख्नुपर्ने भनी डाक्टर को सल्लाह अनुसार तुलसीपुर स्थित राप्ती लाईफकेयर अस्पतालमा केही समय राख्ने गरी

रिफर गरिएको र उनलाई तत्काल काठमाडौं स्थित ग्राण्डी अस्पतालको एयर एम्बुलेन्स हेली उद्दारका लागी आउन् लागेको कुरा बि क ले हामी संग भने |

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया