लागुऔषध ब्राउन सुगर सहित पक्राउ परे सचिन नेपाली

दाङ तुलसीपुर १२ असार २०८३ शुक्रवार | जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१४ खौसापुरस्थित सुन्दररानी सामुदायिक वन नजिकबाट २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।विशेष सूचनाका

आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–१३ निवासी २८ वर्षीय सचिन नेपालीलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार उनको साथबाट शुद्ध तौल २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगर, नगद २४ हजार ८५० रुपैयाँ, एक थान

स्मार्टफोन तथा दुई थान मोबाइल बरामद गरिएको छ।अनुसन्धानका क्रममा पक्राउ परेका सचिन नेपाली यसअघि पनि लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी रहेको खुलेको प्रहरीले जनाएको छ।हाल उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको हिरासतमा राखी लागू-औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया