
तुलसीपुर २६ असोज २०८२ शनिवार | सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टी दाङको १२ औं वार्षिक साधारणसभा असोज २५ गते शनिवार सम्पन्न भएको छ । सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक

समितिका अध्यक्ष नोम बहादुर के.सीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ का वडा सदस्य तथा कार्यबाहक अध्यक्ष कर्ण बहादुर बुढाको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ की महिला वडा

सदस्य शान्ता रानाको विशिष्ट आतिथ्यतामा संस्थाको १२ औ साधारणसभा सम्पन्न भएको हो । संस्थाका सचिव थम्मन (दिपक) के.सी ले सांगठानिक तथा संस्थाकी कोषाध्यक्ष चेतना डाँगी ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा समाजसेवी

अम्मर सिं के.सी., संस्थाका पूर्व अध्यक्ष एंव समाजसेवी चेत बहादुर टमटा,संस्थाका पूर्व अध्यक्ष भरत महतरा,संस्थाका पूर्व उपाध्यक्षबालकृष्ण खरेल, संस्थाकी लेखा समिति सदस्य छवि कुमारी खरेल र सम्झना बहुउद्देश्य सहकारी संस्था लिमिटेडका

लिलाधर खरेल, सम्ँझना बहुउद्देश्य सहकारी संस्था लिमिटेडका कोषध्यक्ष खगेन्द्र खरेल, सम्झना सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर–३ का अध्यक्ष शिवलाल के.सी सव डिभिजन कार्यालय तुलसीपुरका प्रतिनिधी कुल बहादुर रेउले लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।