आफ्नै श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ

दाङ, १९ असोज २०८२ आईतवार। दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।घोराही उपमहानगरपालिका–१ चितुवाटारीका ६४ वर्षीय ढाललबहादुर चौधरीको हत्या आरोपमा पत्नी ६२ वर्षीया छायादेवी चौधरीलाई

प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति सामान्य विवादमा झगडा हुँदा छायादेवीले टर्चलाइट प्रहार गरी श्रीमानको हत्या गरेको खुलेको छ ।प्रहरीले घटनास्थलबाट टर्चलाइट बरामद गरेको छ भने छायादेवी चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया