सेवा प्रवाहको लयमा फर्कियो ईलाका प्रशासन कार्यालय तुलसीपुर

तुलसीपुर २२ असोज २०८२ बुधवार | दाङ जिल्लाको तुलसीपुरमा रहेको ईलाका प्रशासन कार्यालय तुलसीपुर पुन: सेवा प्रवाहको लयमा फर्किएको छ | गएको भदौ २३ र २४ गते नेपालमा भएको जेन जी समुहको आन्दोलनका क्रममा २४ गतेका

महेशकुमार गुरुङ,कार्यालय प्रमुख-ईलाका प्रशासन कार्यालय तुलसीपुर दाङ

दिन कार्यालयमा आगजनी र तोडफोड भए पछी पूर्णरुपमा सेवा अवरुद्द हुनपुगेको थियो | तोडफोड र आगजनी भएको १६औ दिनका दिन असोज ८ गते देखी आंशिक सेवा दिन सुरु गरेको कार्यालयले हाल राहदानी बाहेक सबै सेवा सुचारु गरेको छ |

हाल राहदानी बाहेकका अन्य सेवा सबै सुचारु गरेका छौं ईलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख महेशकुमार गुरुङले राप्ती पहिचान लाई बताए | आगजनी र तोडफोड पछी कार्यालय भवनको तल्लो

तलाको दुई वटा कोठा जहाँ बाट बिगतमा राहदानी सेवा,नागरिकता र नागरिकताको प्रतिलीपी सेवा दिने कोठाहरु र भवनको माथिल्लो तलामा रहेको दुई वटा कोठा हाल प्रयोग नगर्न र बाँकी कोठा बाट सेवा सुचारु

गर्न सकिने प्राविधिक प्रतिवेदन अनुसार ती अती क्षती पुगेका कोठा बाहेक अन्य कोठा बाट सेवा सुचारु गरिएको छ गुरुङले हाम्रा सम्वाददाता संगको कुराकानीमा बताए | आगजनी र तोडफोडको क्रममा कार्यालयमा पुगेको क्षतीको विवरण कती हो? भन्ने हाम्रो प्रश्नमा भवन मर्मत गर्न प्राविधिक मुल्यांकन

अनुसार ६५ लाख रुपैयाँ लाग्नेभएको छ भने अन्य सामग्री जस्तै कम्प्युटर,दराज क्यामेरा उपकरण अन्य उपकरण,फाईल सामग्री, कुर्सी टेबुल लगायत कार्यालय संचालन गर्न आवश्यक सामग्रीहरु जलेर नष्ट

भएकाले ती सामानहरुको प्राविधिक स्टिमेटगर्दा,जोड्दा १ करोड बराबरको कार्यालय संचालन सामग्री जलेर खरानी भएको रहीछ गुरुङले अगाडी भने | अनी राहदानी सेवा कहिले बाट सुचारु हुन्छ? भन्ने हाम्रो अर्को

प्रश्नमा सेवा प्रवाह गर्न चाहिने अतीआवाश्यक उपकरणहरु जोहो गर्ने काम भई रहेकाले त्यो सेवा पनी छिट्टै सुचारु हुने कुरा उनले बताए |

प्रतिक्रिया