सल्यान १२ भदौ २०८२ बिहीवार। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समन्वय समितिले तीन वर्षअघि गरेको कारबाही फुकुवा गर्दै प्रदेश सचिवालय सदस्य लोकमान बुढाथोकी लाई पुनः जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ।भदौ ११ गते जारी
पार्टी सर्कुलर अनुसार बुढाथोकीलाई अघिकै जिम्मेवारी कायम राखी सक्रिय भूमिकामा फर्काइएको कर्णाली प्रदेश कमिटी सदस्य शोभाराम भण्डारीले जानकारी दिए।बुढाथोकी २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट सल्यान

जिल्लाको बागचौर नगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका थिए। तर २०७९ सालको दोस्रो स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार कृति बहादुर पुन (प्रकाण्ड)लाई पराजित गराउन उनले भूमिका खेलेको आरोप लागे पछी २०७९ जेठ ७ गते
नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीले उनलाई कारबाहीको सिफारिस गरेको थियो। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी बाट बुढाथोकी लाई कारवाही फुकुवा गरेको निर्णय संचारमाध्यममा सार्वजनिक भए पछी हामीले उनलाई फोन
सम्पर्क गरेर माओवादी केन्द्रले तपाईको कारवाही फुकुवा गरेको बारे तपाईको धारणा के हो? भनेर प्रश्न गर्दा आफुलाई आधिकारिक रुपमा पार्टीले जानकारी नपठाएकाले यस बारे आफुले अहिल्यै केही बोली हाल्न उचित नदेखेको कुरा बताए | यदी
पार्टीले तपाईको कारवाही फुकुवा गरेर पुरानै जिम्मेवारीमा रहने गरी पदस्थापन गरेमा तपाईले स्विकार्नु हुन्छकी?स्विकार्नुहुन्न भन्ने हाम्रो दोस्रो प्रश्नमा मलाई पार्टीले पार्टीको आधिकारिक तह बाट वा जिम्मेवार नेतृत्व बाट यस बारे जानकारी गराउने छ भन्ने
बिश्वास लिएको छु भने अहिले संचारमाध्यम र सामाजिक संजालहरुमा आएकै भरमा मैले आफ्नो धारणा सार्वजनिक गर्नु उचित हुँदैन | आधिकारिक जानकारी पाएपछी म आफैले फोन गरेर तपाई हरुसंग आफ्नो आधिकारिक धारण राख्ने छु
बुढाथोकीले राप्ती पहिचान संगको कुराकानीमा बताए | ठ्याक्कै भन्नुस तपाईको कारवाही फुकुवा भए पश्चात तपाई नेकपा माओवादी केन्द्रमा रहेर सकृय राजनिती गर्ने की नगर्ने भन्ने हामीले गरेको प्रश्नमा उनले केही बोल्न चाहेनन भने उनी संग हामीले
उनको कारवाही फुकुवा भएको बारेमा सवाल जवाफ गरी रहंदा उनले पार्टीको निर्णय लाई स्वीकार गर्ने आशय देखिने गरी हामीलाई जवाफ फर्काउने गरेका थिए |
