यी हुन एक्काईसौं शताब्दीमा समाजवादमा पुग्ने मुख्य आधार हरु

एकाइसौ शताब्दीमा सजमावाद  प्राप्त गर्ने  कार्यनीति र रणनीतिक शृङ्खला यसरी प्रस्तावना  गर्न सकिन्छ।-
सर्वप्रथम ,संविधान र ब्यवस्थामा केहि विषय थप्दैमा समाजवादी भइ हाल्छ भन्ने हैन ।तर समाजवाद उन्मुख अवस्य हुन्छ ।यसमा टेकेर नयाँ ढंगको समाजवादी शक्तिको नेतृत्वमा विभिन्न चरण हुन्दै पुरानो एकदलीय शास्त्रीय ढांचाको होइन प्रतिस्पर्धी र

सहकार्यको ढाँचाको समाजवादी प्रणालीमा पुर्र्याउन सकिन्छ भन्ने जसलाई हामी  doctrine of Redical transformation  अर्थात ( क्रातिकारी रुपान्तरणको सिद्धान्त भन्न सकिन्छ ।दोस्रो ,त्यसको निम्ति पहिलो सर्त ,यहाँ प्रस्ताव गरिएको जस्तो  नयाँ समाजवादी  बैकल्पिक राजनीतिक शक्ति बन्नु पर्छ र त्यो  स्थिर ढंगले सत्ता संचालन गर्ने स्थानमा पुग्नुपर्छ ।त्यस्ले निश्चित अवधि

सम्म इमानदारीपुर्वक संविधान कार्यन्वयन गर्दै समाजिक,आर्थिक  स्तर र जनताको उच्च चेतना निश्चित तह सम्म उठाउनु पर्छ ।तेस्रो-उन्नत तहको  चेतना उठेका जनताको नेतृत्वमा बहु-संख्यक उत्पीडित वर्ग ,जाति लिङ्ग र  जनसमुदायको सहभागितामा बिशाल आन्दोलन उठ्नु पर्छ ।सडक ,सदन र सरकारको सयुक्त बलमा यो संविधानलाई संशोधन गरेर वा पुनर्लेखन गरेर अझै

समृद समाजवाद उन्मुख बनाउनु पर्छ ।चौथो-यो चक्र पटक,पटक दोहरायर  समाजको आर्थिक – समाजिक स्तर उठाउने र संविधान र ब्यवस्थालाई  समुन्नत समाजवादमा रुपान्तरण गर्ने र आवश्यक परे आम जनबिद्रोहको बलमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्ने बाटो सम्भब र उपयुक्त हुन सक्छ ।पाचौं-अर्थात हिजोको क्रान्ति वा सुधार भन्दा फरक वा विकसित

सुधार  वा क्रान्तिको समायोजन सहितको क्रान्तिकारी रुपान्तरण अर्थात  (radical transformation ) बाटो  एकाइसौ शताब्दीको समाजवादी क्रान्तिको बाटो हुनसक्छ ।

प्रतिक्रिया