तुलसीपुर ११ भदौ २०८३ बिहिवार | नेपाल तरुणदल तुलसिपुर नगरसमितीले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भिषण बाढीको चपेटामा परी बेपत्ता भएका नागरिक हरुको तत्काल खोजी र ऊद्दार होस भनी नेपाल सरकार संग जोडदार माग गरेको छ | नेपाल तरुणदल

तुलसीपुर नगरसमितीका अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकी द्वारा हस्ताक्षरित बिज्ञप्तीमा यस्तो माग राखिएको हो | पहिलो चरणमा बाढीमा परी हराई रहेका हरुको नेपाल सरकारले तुरुन्त खोजी गरोस र घाईते हरुको निशुल्क उपचार गरियोस बिज्ञप्तीमा उल्लेख गरिएको छ |
साथै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण स्याफ्रुबेशी,वेत्रावती र टिम्मुरे क्षेत्रमा ठुलो जनधनको क्षेती भएको यस प्राकृतिक दुखद घटना प्रती नेपाल तरुणदल तुलसीपुर नगरसमितीको गम्भीर ध्यानआकर्षण भएको र दुखको घडीमा नेपाल तरुणदल सदैव
नागरिकको साथमा रहने गरेको कुरा बिज्ञप्तीमा भनिएको छ | यस प्राकृतिक आपदामा परी ज्यान सहादत प्राप्त गर्नुहुने सम्पूर्णमा हार्दिक श्रद्वान्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं तरुणदल तुलसीपुर का अध्यक्ष घर्ती द्वारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ |
