
दाङ २४ माघ २०८० : दंगाली गायक खुम बहादुर चन्द्र ( खुम दंगाली ) को ‘ प्रदेशी मन’ म्युजिक भिडिओ सार्वजनिक भएको छ। तुलसीपुर उपमहानगरपालिका ३ गहते निवासी चन्द को गीत सोमबार सार्वजनिक भएको हो। आफ्नै शब्द तथा सङ्गीतमा
रहेको गीतको म्युजिक भिडिओ पोर्चुगल तथा दाङमा छाँयाङकन गरिएको छ । पोर्चुगल बस्दै आएका गायक चन्दले यस अघि पनि धेरै गीत बजारमा ल्याएका छन् | प्रदेशी मन’ बोलको गीतको भिडिओ उनको आफ्नै खुम दंगाली अफिसियल युट्युब पेज
बाट सार्वजनिक भएको हो |भएको छ। गीत गरिबीका कारण प्रदेशमा जानु परेको र परदेशमा गएकालाई गाउँको बारेमा तथा परिवारको बारेमा समेटिएको छ । म्युजिक भिडिओको सुशान्त मल्लले निर्देशन तथा सम्पादन गरेका छन्, भने छाँयाङकन डिल्ली कुमाल र दुर्गा थापाले गरेका छन् । गीतको म्युजिक भिडिओमा गायक चन्द र सविना शाहको अभिनय रहेको छ।