राष्ट्र रोई रहेका बेला { पर्खाईमा नेपाली आमा }बोलको राष्ट्रीय गीत नागरिकका नाममा पस्केको छु -बुढा

दाङ तुलसीपुर १६ चैत २०८१ शनिवार | नेपालको परनिर्भर शासन ब्यबश्थाको भुमरीमा परेर नेपाली जनता आक्रान्त भएका बेला दाङ का एक जना पत्रकार एग्गे बहादुर बुढा मगरले रास्ट्र,रास्ट्रीयता र राष्ट्रका नागरिकको वास्तविक पिडा झल्काउने शब्द,लय र संगीत भरिएको रास्ट्रीय गीत सार्वजनिक गरी बजारमा ल्याएका छन् | graphics media studio नाम भएको युट्युब

च्यानलमा अपलोड गरिएको रास्ट्रीय गीत शुक्रवार रिपोर्टस क्लब अफ तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीत सार्वजनिक गरेका हुन | पर्खाईमा नेपाल आमा नाम दिइएको उक्त गीतमा नेपाली जनताको वर्तमान अवश्थाका बारेमा लय शब्द र संगीतका माध्यम बाट नेपाली नागरिकाले वर्तमान समयमा भोग्न बाध्य भएका ब्यथा र रास्ट्र निरिह हेरी रहेको

अवश्थाको सन्दर्भ सामग्री दर्शक श्रोता माझ पस्किईएको छ | राप्ती पहिचान डटकम नामकअनलाईन संचारगृहका संचालक समेत रहेका एग्गे बहादुर बुढा मगरको शब्द रचना तथा शेर बहादुर डाँगीको लय,स्वर र संगीत रहेको उक्त गीतमा गायन क्षेत्रमा नव-उदयमान हुन थालेकी रोजिना बस्नेतले पनी आफ्नो सुमधुर स्वर भरेकी छिन | नेपालको परनिर्भर शासन ब्यबश्थाले प्रत्येक नेपाली नागरिक लाई नुन तेलको जोहो गर्न अनिवार्य बिदेशिनु पर्ने वाध्यता लाई चित्रण

गरिएको उक्त गीतमा विजय मल्ल, भगवती महर,टंक मल्ल उर्फ सुशान्त मल्ल ,पवित्रा के सी र ८६ वर्षीय टनिकला खत्रीले बिशेष अदाकाराको भूमिका खेलेका छन | यो देशको परनिर्भर शासन ब्यबश्थाका कारण रास्ट्र,रास्ट्रीयता र रास्ट्रको सार्वभौमसत्ता दिनानुदिन कम्जोर अवश्थामा पुगी रहेका बेला राष्ट्रका नाममा समर्पण गरिएको यो गीतमा रचनाकार ज्यु ले मलाई

मेरो स्वर,लय र संगीत लाई समावेश गर्ने अवसर दिनुभयो यसैमा गर्व लागेको छ गायक शेर बहादुर डाँगीले राप्ती पहिचान डटकमको समाचार डेस्क संगको कुराकानीमा बताए | यता ८६ वर्षीय टनिकला खत्रीले आफु खुशीले गदगद भएको कुरा बताएकी छिन | म त् डाँडा माथीको घाम जस्तै हुँ मेरो भौतिक शरीरले जती बेला पनी मेरो साथ् छोड्न सक्छ तर अब म मरेर

गए पनी अमर हुने भएँ किनकी यो भिडियोमा मैले आमाको रोलमा देखिने भूमिका पाएकी छु म मरेर गए पनी यो भिडियो कहिले मर्दैन देख्खी रहन्छ रे भन्ने सुनेकी छु त्यसैले म भन्छु म सदासर्वदा देख्खी रहने भएँ टनिकला खत्री ले हामी संग कुराकानी गर्दै भनिन | एग्गे दाईले हामी लाई कलाकारको रुपमा चिनाउने जोखिम मोल्नु भएकोमा हामी सम्पूर्ण कलाकार हरु

वहाँ प्रती कृतज्ञ छौं विजय मल्ल र भगवती महरले समाचार डेस्क संग कुरा गर्दै भने | मैले बुहारीको भूमिका पाउँदा मलाई भित्र भित्रै उकुसमुकुस भएको थियो की कतै म त्यो भूमिकामा खरो उत्रन सक्छु की सक्दैन भनेर,छायांकन भई सके पछी पनी मैले आफ्नो एक्टिंग हेर्न सकेकी थिएन,आज गीतको पूर्ण भाग हेर्दा पो मैले ठिकै एक्टिंग गरेकी रहिछु भन्ने लाग्यो पवित्रा के सी ले

मुस्कुराउँदै हामी संग भनिन | पर्खाईमा नेपाल आमा नामको उक्त गीतको छायाँकार बिरु चौधरी र editing सुशान्त मल्ल ले गरेका हुन | रिपोर्टस क्लब अफ तुलसीपुरका अध्यक्ष शरद रेग्मीको सभापतित्वमा सुसम्पन्न भएको गीत सार्वजनिक कार्यक्रममा गीतको रचनाकार एग्गे बहादुर बुढा मगरले गीतका शब्द लय र संगीतका बारेमा जानकारी गराएका थिए भने प्रमुख अतिथी

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा मगर, ईलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख महेश कुमार गुरुङ,प्रेस युनियन दाङको अध्यक्ष नारायण खडका,क्रान्तीकारी पत्रकार संघ दाङका अध्यक्ष हेमन्त प्रकाश वली ले शुभकामना मन्तब्य राखेका थिए भने गायक शेर बहादुर डाँगी ले स्वागत मन्तब्य राखेका थिए |

प्रतिक्रिया