उपमहानगरका सरकारी बिद्यालय हरु बाट अब गुणस्तरीय शिक्षा दिन्छौं-रावत

रमा बुढा मगर -======

तुलसीपुर २९ फागुन २०७९, तुलसीपुर उपमहानगरका सामुदायिक बिद्यालय हरु बाट अब उप्रान्त गुणस्तरीय शिक्षा प्रदान हुने भएको छ |तुलसीपुर ३ स्थित माद्यामिक बिद्यालय प्रतापकोटको ५१औ वार्षिक कार्यक्रमा लाइ सम्बोधन गर्दै तुलसीपुर उपमहानगर का सामाजिक बिकास तथा शिक्षा समिति का संयोजक,तुलसीपुर ११ का वडा अध्यक्ष मान बहादुर रावतले यस्तो

प्रतिवद्दता गरेका हुन् |हामी उपमहानगरका सामुदायिक बिद्यालय हरु बाट कसरी स्तरीय शिक्षा दिन सकिन्छ भन्ने काममा जुटी सकेका छौं,आगामी दिनमा यसको सकारात्मक परिणाम पनी ल्याउछौं उनले अगाडी भने |तहगत बिद्यालय हरुमा तहगत प्रधान अध्यापक पठाई स्तरीय शिक्षा का लागी पहिलो कदम चालेका छौं, यही बाट स्तरीय शिक्षाका लागी कोशिस गर्छौं उनले भने |मा

बि प्रतापकोट भौगोलिक हिसाबले बिकट ठाउँमा भएकाले यस बिद्यालय लाइ आवश्यक पर्ने सबै खाले सहयोग गर्न उपमहानगर तैयार रहेको छ रावत ले भने |तपाई हाम्रो वडा कर्णालीका वडा भन्दा कम बिकट छैन त्यसैले पनी तपाइँ हरुले सोचे जस्तो बिकास नभए पनी मा वडा अध्यक्ष भएर आए पछी तपाइँ हरु लाइ केही कुराको सुविधा को लागी निरन्तर संघर्ष गरी

रहेको छु वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर बि क ले कार्यक्रम लाइ सम्बोधन गर्दै भने | न आत्तिनुस,कोइ आत्तिनु पर्दैन सबै खाले सेवा सुविधा मेरै कार्यकालमा तपाइँ हरुका दैलो सम्म ल्याएर बिदा हुने छु बि क ले अगाडी भने | विद्यालयको वार्षिक उत्सव कार्यक्रममा स्थानीय मान बहादुर घर्तीले आफ्ना बुवा आमाको स्मृतिमा तथा लोक बहादुर बुढा मगर एग्गे बहादुर बुढा

मगर,दुर्गे बुढा मगर,बिरेन्द्र बुढा मगर, र सुरेन्द्र बुढा मगर ले आफ्ना स्वर्गीय बुवा आमा को स्मृतिमा विपन्न वर्ग छात्रवृत्तीका लागी अक्षयकोष राख्ने गरी ५० हजार रुपैयाँ बिद्यालय लाइ हस्तान्तरण गरेका थिए | बिद्यालय बि व्य स अध्यक्ष लिलामणी बाठाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथी मान बहादुर रावत, बिशिस्ट अतिथी हरु चक्र भण्डारी वडा नम्बर ३ क वडा अध्यक्ष बिर बहादुर बिक लगायतले आफ्नो मन्तब्य राखेका थिए भने बिद्यालयमा अध्ययनरत बालबालिका हरुले नृत्य प्रस्तुत गरेका थिए |

प्रतिक्रिया