रमा बुढा मगर । तुलसीपुर । तुलसीपुर ११ माघ २०७९ दाङ जिल्ला को तुलसीपुर उपमाहानगर,,बबई गाउपालिका र शान्तिनगर गाउपालिका को स्वाश्थ्य शाखामा कार्यरत सरकारी कर्मचारी हरुले कुनै पनी प्रक्रिया पुरा नगरी गैरकानुनी रुपमा मेडिकल स्टोर संचालनमा ल्याएर त्यहाँ बाट नुन खुर्सानीको धुलो बेचे सरह औषधी जस्तो संबेदनसिल वस्तु बेची रहेको पाइएको छ | कुनै व्यक्तीले मेडिकल स्टोर वा मेडिसिन डिस्ट्रिब्युटर संचालन गर्नु अगाडी एक जना फार्मेशी पढेको वा २०५४ भन्दा पहिला १ महिने फार्मेशी वरेंटेसन तालिम लिएको मानिसको फार्मेशी लाइसेन्स सहित औषधी ब्यबश्था बिभागमा औषधी पसल दर्ता गराई नेपाल सरकार ले सूचीकरण गरेका र डाक्टरको प्रेसक्रिप्सन पत्रमा उल्लेख गरीएका औषधी सम्बन्धित फार्मेशीको हात बाट वा उसको निगरानीमा बिक्रि वितरण गर्ने ब्यबश्था नेपाल फार्मेशी परिषद ऐन २०५७ मा गरिएको छ |
तर त्यसको विपरित यी कर्मचारी हरु मध्ये धन बहादुर बुढा क्षेत्री, रोमाहर्ष के सी, घन बहादुर बस्नेत, रामेश्वर आचार्य,राजकुमार न्यौपाने, सिताराम चौधरी लगायत ६ जना स्वाश्थ्य तर्फका सरकारी कर्मचारी हरुले औषधी ब्यबश्था विभागमा दर्ता नै नगराई मेडिकल स्टोर खोलेका छन् भने रामसिंह चौधरी,हरी बहादुर खड्का, र रेवत बहादुर भण्डारी ले औषधी ब्यबश्था विभागमा
पसल दर्ता गराए पनी सम्बन्धित फार्मेशी बाट औषधी बिक्रि गर्नु पर्नेमा अन्य अनधिकृत मानिस बाट औषधी बिक्रि गराइ रहेको पाइएको छ |धन बाहादुर बुढा क्षेत्री तुलसीपुर १ स्थित पवन नगर स्वाश्थ्य चौकीमा कार्यरत सी अ हे व हुन् भने रोमहर्ष के सी मेट्रो अस्पताल तुलसीपुरमा कार्यरत,घन बहादुर बस्नेत मेट्रो अस्पताल तुलसीपुर,रामेश्वर आचार्य तुलसीपुर १ पवन नगर स्वाश्थ्य चौकी,राजकुमार न्यौपाने शान्तिनगर गाउपालिकाको धनौरी स्वाश्थ्य चौकी इन्चार्ज र सिताराम चौधरी बबई गा पा को
चरकमटिया स्वाश्थ्य चौकीमा कार्यरत कर्मचारी हुन् | धन बहादुर बुढा क्षेत्री ले तुलसीपुर ५ आलु मण्डी नजिक अवैध मेडिकल खोलेका छन् भने रोमहर्ष के सी ले पवन नगर स्वाश्थ्य चौकी देखी दक्षिण तर्फ रहेको घरमा मेडिकल राखेको पाइएको छ |त्यस्तै घन बहादुर बस्नेत ले तुलसीपुर १ स्थित पाठक को घर नजिक रहेको घरमा मेडिकल संचालन गर्दै आइ रहेका छन्| यस्तै रामेश्वर
आचार्य ले तुलसीपुर १ भमके स्थित आफ्नै घरमा अवैध मेडिकल राखेको पाइयो भने राजकुमार न्यौपाने ले दाङको श्रीगाउँमा अवैधानिक मेडिकल संचालन गरी रहेका छन् | यस्तै सिताराम चौधरीले तुलसीपुर को बेलुवा स्थित भण्डारी चोक नजिक अवैध मेडिकल संचालन गरी रहेका छन् | यस्तै अनधिकृत मान्छे हरु बाट औषधी बिक्रि वितरण गराउने कर्मचारी हरुमा बबई
गाउपालिका कार्यालय का स्वाश्थ्य शाखा प्रमुख हरी बहादुर खड्का रहेका छन् | उनले बबई गाउपालिका हापुरे बजारमा राम हरीकृष्ण मेडिकल खोलेर आफ्नो श्रीमती बाट अनधिकृत रुपमा औषधी बिक्रि गरी रहेका छन् | खडकाले संचालनमा ल्याएको रामहरी कृष्ण मेडिकल औषधी ब्यबश्था विभागमा दर्ता भए पनी संचालक र फार्मेशीको नाम हेर्दा दुवै ठाउँमा हरी बहादुर खडका
उल्लेख भएको देखिन्छ भने खडकाले १ महिने फार्मेशी तालिम बाट प्राप्त गरेको लाइसेन्स नम्वर ६२५ NE लाइ दुरुपयोग गरी औषधी ब्यबश्था बिभाग लाइ आफु कर्मचारी भएको न बताई झुक्यानामा पारी मेडिकल दर्ता गरेको देखिन्छ |यस्तै रामसिंह चौधरी ले संचालनमा ल्याएको न्यु जनसेवा क्लिनिकमा रहेको मेडिकलमा फार्मेशी को नाम बिरेन्द्र हमाल भनी उल्लेख गरीएको
भए पनी बिरेन्द्र हमाल त्यहाँ कहिले आउदैनन, उनको लाइसेन्स नम्वर २१५ NE हमाल ले रामसिंह चौधरी लाइ भाडामा दिएको पाइएको छ भने चौधरी तुलसीपुर २ मा रहेको तकियापुर स्वाश्थ्य चौकीका सी अहेव हुन् | यस्तै फार्मेशी लाइसेन्स को दुरुपयोग गरी आफ्नै मेडिकल स्टोर संचालन गर्ने अर्का कर्मचारी हुन् रेवत बहादुर भण्डारी | उनले तुलसीपुर स्थित राप्ति प्रादेशिक
अस्पताल अगाडी युनिभर्सल फार्मेशी नामक मेडिकल खोलेर अनधिकृत मान्छे बाट औषधी वितरण गराउदै आएका छन् | रेवत बहादुर भण्डारी,हरी बहादुर खड्का र रामसिंह चौधरी यी ३ जना कर्मचारी ले औषधी बिक्रि वितरण संहिता २०७१ को दफा ११ र उप दफा १ को बर्खिलाप हुने कामका साथै नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ को बर्खिलाप हुने कार्य गरेको देखिन्छ |
त्यस्तै धन बहादुर बुढा क्षेत्री, रामेश्वर आचार्य,राजकुमार न्यौपाने,सिताराम चौधरी,रोमहर्ष के सी र घन बहादुर बस्नेत ले नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ र औषधी बिक्रि वितरण संहिता २०७१ को दफा ११ को बर्खिलाप हुने गरी मेडिकल संचालन गरी रहेको पाइएको छ|नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ मा यो ऐन प्रारम्भ भएको एक वर्ष पछी परिषदमा दर्ता नभएका कुनै पनी व्यक्तीले फार्मेशी ब्यबशाय गर्न नहुने र दफा ११ को विपरित परिषदमा नाम दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने र सो ही ऐन को दफा २९ मा त्यस्तो कसुर गर्ने ब्यक्ती लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने कानुनी ब्यबश्था रहेको छ |