दाङ ५ वैशाख २०८३ शनिवार। दाङको तुलसीपुर स्थित कारागार कार्यालयमा कार्यरत प्रहरी हवलदारको मोटरसाईकल ठक्करबाट एक विद्यार्थी घाइते भएकी छन् ।शुक्रबार विहान ११ बजेतिर कारागार कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी हवलदार

भरत थारुको मोटरसाईकलले ठक्कर दिएको हो ।गुल्मचोकको जेब्राक्रसमा ठक्कर दिदा सल्यान घर भई हाल तुलसीपुर ८ दुधेना बस्दै आएकी १९ बर्षीय मुना बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ । उनको देब्रे खुट्टा भाँच्चिएको छ, भने
टाउकोमा चोट छ ।उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको यही १४ गतेबाट कक्षा १२ को परीक्षा समेत थियो । उनी हिमाल एकाडेमीकी विद्यार्थी हुन् । ४१ बर्षीय प्रहरी हवलदार थारु बर्दिया बढैयाताल ६ निवासी हुन् ।उनी भे १४ प १६१ नम्बरको मोटरसाइकलमा सवार थिए । उनको बाँया खुट्टा र हातमा चोट लागेको छ ।
