शेखर गोल्छा काठामाडौं बाट पक्राउ

काठमाडौँ १० बैशाख २०८३ बिहिवार । नेपाली उच्चघरानाका व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन | काठमाडौँ नारायणचौर बाट उनी पक्राउ परेका हुन।उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको कुरा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले पुष्टी गरेको छ। हिमालयन रिईन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गरिने भएको

Screenshot

छ। सिआईबी ले काठमाडौँ जिल्ला अदालतबाट गोल्छा लाई पक्राउ गर्नका लागी पक्राउ पुर्जी लिएपछी उनलाई पक्राउ गरेको कुरा जनाएको छ।’नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनको आधारमा गोल्छा माथी थप अनुसन्धान सुरु गरिएको कुरा

प्रहरीले बताएको छ। सम्पत्ती सुद्दिकरण मामिलामा हाल प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग मिलेर गोल्छाले पनी धितोपत्र ऐन विरुद्धको कसुर गरेको बोर्डको प्रारम्भिक जाँच प्रतिवेदनले उल्लेख गरेको छ। 

प्रतिक्रिया