प्युठानमा जंगली बँदेल भनेर हानेको गोली लागेर एक किशोरको मृत्यु,एक किशोरी घाईते,गोली हान्ने पक्राउ

प्युठान २ बैशाख २०८३ बुधवार | चोरी शिकारीका लागी सामुदायिक बनमा शिकार खेल्न गएका एक जनाले गोली चलाउँदा एक किशोरको मृत्यु भएको छ।गौमुखी गाउँपालिका–४ सुँङगुरखालको चुपाल सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर

हानिएको गोली लागेर एक किशोरको मृत्यु भएको हो।चैत २९ गते नौंबहनी गाउँपालिका–४ का १९ वर्षीय सुशिल परियार लाई जंगली बँदेल भनेर भरुवा बन्दुकले चोरी शिकारका लागी त्यहाँ पुगेका शिकारीले हानेको गोली लागेको हो। परियार सँगै रहेकी

गौमुखी-४ की १८ वर्षीया एक किशोरी पनी गोली लागेर घाइते भएकीछिन्। उनको पनि लुम्बिनी सिटी हस्पिटल बुटुवलमा उपचार जारी छ। किशोरीको अवस्था भने खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ | प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र

केसी सहित ४ जना सामुदायिक वनमा शिकार खेल्न गएका थिए। उनले टाढैबाट जंगली जनावर बँदेल ठानेर गोली प्रहार गरेका रहेछन। गोली हानीसके पछी दौडिएर हेर्न जाँदा गोली लागेर परियार र किशोरी घाइते अवस्थामा फेला परेका थिए। गम्भीर

अवस्थामा परियार र किशोरीको उद्धार पछि जिल्ला अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट दुवैलाई थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल पुर्‍याइएको थियो। उपचारका क्रममा परियारको चैत ३० गते मृत्यु भएको हो | परियारको हत्या

आरोपी केसी लाई चैत ३० गते र उनीसँगै शिकार खेल्न जंगल गएका अन्य तीन जनालाई प्युठान प्रहरीले सोमबार पक्राउ गरी सकेको छ। पक्राउ परेका ब्यकती हरु संग सोधपुछ गर्दा उनी हरुले दिएको जानकारी अनुसारको स्थान बाट लुकाएर राखेका

दुई थान भरूवा बन्दुक पनी प्रहरीले बरामद गरी सकेको छ।प्रहरीले अवैध रूपमा घरमा लुकाएर राखेको हतियार र चोरी शिकारी गर्ने कार्यमा संलग्न चारै जनालाई ज्यान मुद्दा र हातहतियार तथा खरखजना मुद्दा चलाउने तयारी गरेको छ।प्रहरीले बुधबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय प्युठानमा पत्रकार सम्मेलन मार्फत थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया