mcc नेपालको हितमा छैन, किन कि त्यो बिदेशी mcc हो नेपाली होइन- भिम बहादुर वली

नेपालका mcc हरूले नपुगी विदेसको mcc आज नेपालमा कीन खोजी हुदैछ। एक दर्जन जती त नेपालकै mcc ले भनेजती आफ्नो लगानी गर्न पाईरहेका छैनन्  र आफ्नो अकुत सम्पत्ति विदेसीबैकमा राखेका छन त्यही रकम आज अमेरिकी mcc को नाममा सुरक्षित ढंगले परिचालन

गर्ने दाउमा छन। आफ्नो मनपरी साम्राज्य विस्तार गर्न नपाईरहेका समयमा के नेपाली mcc असफल भयर हो। विदेसी mcc ल्यायर नेपालको हरिविजोग बनाउन नेताहरू कीन तम्सेका होलान।देश ब्यापी सर्वत्र विरोध छ तर पनी पास गरिछोडने कुरा भने कम जब्बर ढंगको छैन। नेपालको जनविरोधी सरकारका कुरा अली पछाडी गरौला आज नेपाललाई नै कंगाल बनाउने गरी नेपाली जनताको करबाट मात्तीयकाहरूको बारेमा छोटो चर्चा आजको आवसयकता ठानियो र लेख्ने

उत्सुकता मलाई जाग्यो।
         नेपाली भुमीमा आजसम्म रजाई गर्नेहरूमा नेपालको अदालत,नेपाली सेना, नेपाल प्रहरी,नेपालका कर्मचारी,नेपालको अख्तीयार दुरूपयोग अनुसन्धान आयोग,नेपालका जेलहरू,नेपालका ठेकेदार भनाउदाहरू, विदेसीका आडमा चलेका उध्धोगपतीहरू, नेपाल आएल नीगम, नेपालको ट्राफिक पुलिस, नेपाल वायुसेवा निगम लगायत धेरैका पछाडी देशलाई अग्रगमनतिर नभैपस्चगमनतिर लिने नेपाली mcc मा नेपाल सरकार

पर्दछ। हामीहरूले राज्यसत्ताको परिवर्तन कीन गर्न सफल भयनौ के सम्भव छैन भयर नै सत्ता परिवर्तनका नयाँ विचार संश्लेषणहरू भय त्यसैले  हामीहरूले मुक्ती या मृत्युको कसम खायर आगाडी बढन बिर्सेका छैनौ। आज नेपालमा अमेरीकी mcc ल्याउन यी सबै तयार न छन तर जनताहरूको डरले मात्र रोकीयको कुरा सत्य हो अन्य सबैकुराहरू जे  जसरी आयका छन भ्रम न हो। नेपाल देशलाई खोक्रो बनाउने यी माथीका एक दर्जन नेपाली mcc हरूलाई

जनताहरूले वचाउ गर्नु छैन। कीनकी आफैले बनाएको खोक्रो रूपलाई ब्यबहारिक हीसावले अमेरिकी mcc ले बनायको हो भनी आफु सबै बाच्ने रणनैतिक योजना भने अवस्य हो हामीहरूले अमेरिकी mcc रोक्दै नेपाललाई कंगाल बनाईसकेका नेपाली यी सबै mcc हरूलाई पानीमुनी गयपनी नछोडने नेपाली जनताको अवको रणनिती हुन जरूरी छ। उच्च ओहदामा रहेका संघ देखी स्थानिय सम्म सवैको सम्पत्ति राष्ट्रियकरण गरि उनीहरूलाई जिवन जिउनका लागी सामुहिक

ब्यबस्थापनको योजना अवलम्बन गर्न आवसयक भै सक्यो। सामूहिक जिवन जिउने तरिकाको विकास र थालनी भोकानागाहरूबाट होईन उच्च ओहदाबाट नै सुरू गर्ने 21औ शताब्दीको तरिका हुनुपर्छ। यो कुरा नमान्नेहरू उच्च ओहदाका नेपाली mcc हरू हुन भन्नेमा हामी के भ्रममा होऔला र! के प्रमाणित भै सक्यो भने अमेरिकी mcc आउदा नेपाली mcc वालाहरूलाई घाटा पर्ने भय त विरोध गर्थे किन आज सर्वसाधारणको मात्र सडक देखी संजालमा विरोध छ त। जनताहरूको इमान्दार नेतृत्व गर्न

चाहने राजनैतिक सक्ती बाहेक आज एक जुट भयर अनुमोदनको अन्तीम तयारी गर्दैछन। यो समय जनता जाग्नेवेला हो सुतेर बस्दा देशमा स्वाभिमानी नागरिकको औचित्य सकियको हुनेछ पछी पुछुताउनु भन्दा अर्को हात केही लाग्दैन।
      अन्तीम कुरा आजको हाम्रो जनविरोधीसरकारले यी कुराहरू लियर जनतामा आयको खोई ? जनताप्रती उत्तरदायी सरकारले राष्ट्रहित विरोधी काम र अनुदान आउदा जनताप्रती किन जीम्मेवारीपुर्ण तवरले पेस भयन र अझै

जनताहरूलाई दीगभ्रमित बनाउदै छ यी यावत कुराहरूले गर्दा आजको सरकार देश र जनताविरोधी तथा राष्ट्रघाती सरकार नै हो भन्ने कुरा ब्यबहारमा प्रमाणित हुन्छ। कुनै एक नेता र केहीदलको जिम्मेवारी पुर्णकदमले मात्र राष्ट्रघाती संझौता रोकीयो भने त सबै जनताहरू एकतावद्ध भएर उसकै नेतृत्वमा समाजवादी क्रान्तिको
झण्डा बोकेर अगाडि वढ्न रोकीन्छौ भने हामी जनताहरू पनी प्रतिगामी भयको त्यसवेला प्रमाणित होला तर आज त्यो सक्तीको खाँचो त

जनतालाई छ कस्ले पुरा गर्छ त्यस्को बारेमा जानकारी गराउने हामीहरूको कर्तब्य हो। हो आज वैदेसिक mcc भन्दा स्वदेसी mcc बाट देश बर्वाद भैसकेको छ । नागो जमीनमा देखियको  अमेरिकी मोडलको mcc भन्दा हरियो घाॅसमा लुकेको नेपाली mcc दसौगुणा खतरा कोशी, गण्डकी हुदै महाकालिमा अस्तायको तर आज उदाउदै गरेको राष्ट्रघातले हामीलाई सदाको निम्ती वैदेसिक दाश बनाउदै छ।थोरै सचेतनाका लागी जानकारी आजको आवस्यकता ठानेर जनता विच पुर्याउने चेस्टा गरेको छु।म सधै जनताहरूको साथमा रहेर

परिस्थितिको बारेमा जानकारी गराउने मात्र सत्य कुरा नठानी जनताहरूसंगै एकाकार हुदै जनताहरूका दुष्मनहरूसंग लडने छु। इतिहासमा अली एक्लै लडने कोसिष पनी कमजोर त थियन अबको संयुक्त पहलकदमी त्यो भन्दा सक्तिसाली हुनेमा विश्वस्त छु।

प्रतिक्रिया