१३ साउन ,कोहलपुर बाँके।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको सूचना बाहिरीएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार पुगेका छन्।
ओलीले छलफल नै नगरी एकलाैटी बैठक स्थगित गरेको भन्दै दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरु बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीका प्रेस सल्लाहाकार एवं पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको सूचना सार्वजनिक गरेका थिए।
नेकपा पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित भएको जनाएका थिए।स्थायी कमिटीको बैठक बस्नुअघि आज बिहान दुई अध्यक्षबीच छलफल हुने भनिएपनि दाहाल बालुवाटार नगएपछि ओलीले एकलाैटी बैठक स्थगितको निर्णय गरेको स्रोतले जनाएको छ।