
कोहलपुर साउन ९
नेपाली कागे्रसका सस्थापका नेता बि पी कोइरालाको ३८ औ स्मृति दिबसको अबसरमा आज नेपाल तरुन दल कोहलपुर नगरसमितीद्धार कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
सो रक्तदानमा प्रमुख अथिती नेका केन्द्रिय सदस्य एबं पुर्ब मन्त्री डा गोपल दहित बिशिष्ट अथिती नेक ा बाके सभापति किरण कोइराला लगायत नेका नेताहरुको सहभागीता रहको थियो ।
बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म सन्चालन भएको रक्तदान कार्यक्रममा २ सय ९४ जनाले रक्तदान गरेका गरेका थिए । तरुण दलका कोहलपुर नगर सभापति हरिसिंह कठायतले गम्भीर खालका बिरामी तथा रगत दिनैपर्ने बिरामीहरुलाई सहयोगको लागि रक्तदान गरिएको जानकारी दिए।
रक्तदान कार्यक्रममा सहभागीता जनाउदै युवा सघ नेपालका पुर्व केन्द्रीय सदस्य एव नेकपा बाकेका जिल्ला सदस्य अजय पुन गोपाल सहित १११ जना नेकपाका कार्यकर्ता नेका मा प्रबेश गरेका थिए । प्रमुख अथिती पुर्ब मन्त्री डा गोपल दहितले सदस्यता प्रदान गर्नु भएको थियो ।