नेपालगञ्ज । बाँकेका एक जनासहित १० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा आज १० जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका अनुसार रुकुम पूर्वका ५ पुरुष र २ महिला गरी ७ जना, दाङ बबईका १ जना पुरुष र एक महिला र बाँके नेपालगञ्ज १९ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ सय स्वाब परिक्षण गर्दा १० जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।