रमा बुढा मगर-===
तुलसिपुर २ साउन २०७८, रोटरी क्लब अफ तुलसिपुर सिटी ले तुलसिपुर ६ श्थित दिदी घरमा आश्रीत १७ जना अनाथ बालबालिका लाई लत्ता कपडा र खाद्यान्न सहयोग गरेको छ। सामाजिक अभियन्ता स्यानी चौधरी ले संचालनमा ल्याएको दिदी घरमा बालक र बालिका गरि १७ जना अनाथ बालबालिकाले आश्रय पाएका छन भने उनी हरुको पढाइ लेखाइ पनि सो ही संस्था बाट भइ रहेको छ।
रोटरी क्लब अफ तुलसिपुर सिटी का नवनिर्वाचित प्रेसीडेन्ट शिव श्रेस्ठको पहलमा बुटवल वस्त्रालय ले सो सामग्री उपलब्ध गराएको हो। दिदी घरमा रहेका १७ जना अनाथ बालबालिका हरु लाई जुत्ता चप्पल र एक एक जोडा नयाँ कपडा सहयोग उपलब्ध भएकोमा हिजो साउन १ गते नै सो सहयोग सामग्री दिदी घर मा रहेका
बालबालिका लाई हस्तान्तरण गरेका छौ रोटरी क्लब अफ तुलसिपुर सिटीका प्रेसिडेन्ट शिव श्रेस्ठ ले राप्ती पहिचान लाई बताए। यसै गरि रिजाल खाद्य उद्योग का प्रोप्राइटर बिमल रिजाल ले दिदी घर भन्ने संस्थामा रहेका १७ जना अनाथ बालबालिका लाई ३ महिना का
लागि खाद्यान्न सहयोग गरेको कुरा प्रेसिडेन्ट श्रेस्ठ ले हामी लाई बताए! बिमल रिजाल तुलसिपुर उद्योग वाणिण्ज्य संघ का पुर्व अध्यक्ष हुन। सहयोग हस्तान्तरण कार्यक्रममा क्लब का पुर्व एजी कुशल तर्ताल,
निवर्तमाण अध्यक्ष सुरेश हमाल,पुर्व अध्यक्ष हरु बिमल रिजाल, देव बहादुर के सी उपाध्यक्ष सन्दिप रिजाल सर्भिस प्रोजेक्ट डाइरेक्टर मोहन भन्डारी लगायतको उपश्थिती रहेको थियो।
