रमा बुढा मगर,
दाङ तुलसिपुर बैशाख १७/ २०७८, बैशाख १७ गते देखी दाङ्ग जिल्ला लाई लकडाउन गर्ने गरी भएको निर्णयको स्वागत गर्दै दाङवासी द्वारा लकडाउनको पुर्ण पालना गरिएको छ! दाङको दोस्रो ठूलो शहर तुलसिपुर यति बेला सुनसान छ! सार्वजनिक सवारी साधन चलेका छैनन भने बजार पुर्ण रुपमा बन्द रहेको छ! चोक
चोकमा सुरक्षाकर्मी बाहेक सर्वसाधारण देखिन्नन! गत साल लकडाउन हुँदा सुरक्षाकर्मी हरुलाइ नागरिक लाई सम्झाइ बुझाइ गर्न र लकडाउनको पालना गराउन हम्मे हम्मे परेको थियो भने यस पटक नागरिक भयभित भएर घर बाहिर ननिस्केको कुरा इप्रका तुलसिपुर ले जनाएको छ! यता दाङको बेल्झुण्डी श्थित कोरोना
विशेष अस्पताल संक्रमित ले भरी भराउ भएको छ! अस्पत्तालको क्षमता नबढाए अब हामी हरु कुनै पनि हालतमा थप बिरामी राख्न सक्दैनौ अस्पत्ताल का ब्यबश्थापक दोर्ण वली ले राप्तिपहिचान लाई बताए! २५ शैया रहेको कोरोना अस्पत्तालमा हाल ३९ जना
संक्रमित रहेका छन उनले भने! हाम्रो बिरामी लाई अप्ठेरो भयो अक्सिजन सहितको बेड मिलाइ दिनु पर्यो भनेर धेरैले फोन गर्ने गर्छन तर हामी सङ्ग अक्सिजन सहितको बेड भरी भराउ छन हामीले केइ गर्न सक्दैनौ ब्यबश्थापक वली ले अगाडि भने! श्थिती हाम्रो कन्ट्रोल भन्दा बाहिर गइ सक्यो कोरोना ले सिकिस्त भएका
बिरामी लाई हामीले गर्न सक्ने जती गरेकै छौ दिनरात खटेका छौ वली ले फेरि भने! यता तुलसिपुरमा मात्रै हिजो बैशाख १६ गते संक्रमितको संख्या ११८ रहेको थियो आज थप रिपोर्ट आउदै छ बढ्ने होलान तुलसिपुर उपमनपा स्वाश्थ्यमहाशाखा का कोरोना फोकलपर्सन बिमल केसी ले हामीलाइ जानकारी गराए! अब हामी
सक्दैनौ, नागरिक आफै पनी सचेत हुन जरुरी छ भने सरकारले कोरोना अस्पत्ताल हरुको क्षमता बढाउन जरुरी देखिन्छ उनी बताउछन! यता पश्चिम दाङ्गको हापुरे बजार पनि सुनसान भएको छ! कोरोना महामारी बाट नागरिक लाई बचाउन बबइ
गाउपालिका लाई लकडाउन गरिएको कुरा हाम्रा समाचारदाता वीर बहादुर बि क ले जानकारी गराएका छन! त्यस्तै दाङका बिजौरी, नारयणपुर, घोराही र लमही बजार पनि पुर्ण रुपमा बन्द भएको कुरा हाम्रा घोराही समाचारदाता रुकमिना चौधरी ले बताइन! गत वर्ष लकडाउन गर्दा लकडाउन उलङ्घन गर्ने हरुको संख्या
अत्यधिक देखिए पनी यसपाला नागरिक हरु पनि यो महामारी सङ्ग भयभित भएकाले लकडाउन उलंघन गर्नेको संख्या कम देखिएको छ तुलसिपुरको पिपलबोटमा खटिएका एक सुरक्षाकर्मी भन्छन!
