हिरा डाङ्गी फाउन्डेन्सन द्वारा बिरोध कार्यक्रम!

रमा बुढा मगर–=====

तुलसिपुर चैत ३, २०७६ साल चैत ३ गते राती खुकुरी प्रहार बाट मृत्यु भएका हिरा डाङ्गीका हत्यारा हरुलाइ एक वर्ष सम्म पनि सजाय नभएको भन्दै हिरा डाङ्गी फाउन्डेन्सन ले आज बिरोध कार्यक्रम गरेको छ! म न्याय माग्न आएको हुँ भन्ने लेखिएका प्लेकार्ड बोकेका युवा युवती हरु तुलसिपुर को विपि चोकमा जम्मा भएर बिरोध कार्यक्रम गरेका हुन !

बिरोध कार्यक्रम लाई सम्बोधन गर्दै तरुणदल दाङ्ग का अध्यक्ष टीका घर्ती ले न्याय चाहियो भन्ने आवाज लाई वेवास्ता गर्दा जहाँनिया राणा शासन जस्तो क्रुर शासन पनि नेपाली भुमी बाट कहिल्यै नउठ्ने गरि अवसान भएको र अहिले को कम्युनिस्ट सरकार ले पनी न्याय चाहियो भन्ने आवाज लाई नसुने यो सरकार को छिटो अवसान हुने कुरा बताए! एक अर्को प्रसङ्गमा काँग्रेस

पार्टी जहाँनिया शासन सङ्ग लडदै जितेर स्थापित भएको पार्टी भएको ले वर्तमान का प्रतिगमनकारी कम्युनिस्ट सरकार सङ्ग लड्न काँग्रेस लाई अप्ठेरो नभएको कुरा बताए! हत्या भएको एक वर्ष सम्म पिडकलाइ सजाय नभएको मा खबरदारी स्वरुप यो बिरोध कार्यक्रम गरिएको हो हिरा डाङ्गी फाउन्डेन्सन का अध्यक्ष प्रकाश डाङ्गी ले राप्ती पहिचान लाई बताए!

हिरा डाङ्गी फौन्डेन्सनका अध्यक्ष प्रकाश डाङ्गी (बम) को अध्यक्षतामा भएको बिरोध कार्यक्रम मा तरुणदल दाङ्गका अध्यक्ष टीका घर्ती,नेपाल विद्यार्थी संघ दाङ्गका कोषाअध्यक्ष अरुण लहरे,ने बि संघ दाङ्गका जिल्ला सदस्य किरण केसी,दलित विद्यार्थी संघ नेपाल का केन्द्रीय उपाध्यक्ष खेमराज वि क, ने बि संघ दाङ्गका

सह सचिव जितेन्द्र प्रकाश वली, फाउन्डेन्सनका सल्लाहकार प्रकाश रोका, सल्यानी विद्यार्थी संघ तुलसिपुर का उपाध्यक्ष अभिषेक दहाल लगायतले बिरोध मन्तब्य राखेका थिए!

प्रतिक्रिया