रमा बुढा मगर—-===
तुलसिपुर भदौ २७, यस अघि भदौ १४ गते राती १२ बजे देखि भदौ २१ गते राती १२ बजे सम्म लागू हुने गरी एकसाता पुर्ण रुपमा लकडाउन गरिएको दाङ्ग जिल्ला लाई भदौ २१ गते जिल्ला कोबिड संकट ब्यबश्थापन समिती को बैठक ले केही खुकुलो पारेर भदौ २८ गते सम्म लकडाउन गर्ने निर्णय गरेको थियो! बिहान ६ बजे देखी दिउँसो १२ बजे सम्म सम्पुर्ण व्यापार ब्यबशाय खोल्न दिने , निजि सवारि साधन लाई जोर बिजोर प्रणालीमा संचालन गर्न दिने र सार्वजनिक सवारी साधन भने चल्न नदिने निर्णय गरेको थियो! लकडाउन खुकुलो भए सङ्गै निर्णय भए अनुसार जोर बिजोर प्रणाली मा चल्नु पर्ने निजि सवारी साधन हरु त्यसो नगरी धमाधम चल्न थाले पछि प्रहरी को सकृयतामा सो निर्णय लागू गराउन थालिएको हो! भदौ २७ गतेका दिन बिजोर नम्बर भएका निजि सवारी साधन चल्न पाउने भए पनि जोर नम्बर भएका निजि सवारी साधन पनि बजारमा छ्यापछ्याप्ती देखिए पछि त्यसलाइ रोक्न प्रहरी सकृय भएको हो! नागरिक हरु सके सम्म कोरोना भाइरस बाट बचुन भन्ने हेतुले जिल्ला प्रशासन कार्यालय ले यस्तो निर्णय गरेको हो निर्णय कार्यन्वयन गर्न नागरिकले पनि प्रहरी लाई सहयोग गर्नु पर्छ इलाका प्रहरी कार्यालयका प्रमुख डि एस पि शिव बहादुर सिंह ले राप्ती पहिचान लाई भन्नु भयो! निर्णय पालना गराउने क्रममा आज भदौ २७ गते ४६ जना मानिस र जोर नम्बर भएका साना ठुला सवारी साधन मोटरसाइकल गरि ८५ वटा निजि सवारी साधन लाई दुई घन्टा होल्डमा राखी सम्झाइ बुझाइ गरि पठाइएको हो इ प्र का तुलसिपुरका प्रवक्ता चक्रडम्बरपाल ले जानकारी गराउनु भयो! प्रहरी को सकृयता देखे पछि बजार आउदै गरेका कतिपय जोर नम्बरका निजि सवारी साधन बाटो बाटै फर्केको एक प्रत्क्षदर्शी ले बताए!
