घर भत्किएका लाई सहयोग जुट्न थाल्यो,

तुलसिपुर भदौ १६ गएको भदौ ९ गतेको अविरल वर्षा का कारण घर भत्किएका पिडित लाई सहयोग जुट्न थालेको छ! तुलसिपुर ३ थापापानी निवासी आशाराम बाँठा को घर वर्षा का कारण भत्किदा परिवार को विचल्ली भए पछि बाँठाले संचारमाध्यममा आएर सहयोगको अपिल गरेका थिए! यसै क्रममा तुलसिपुर ५ हाल वैदेशिक रोजगारी को सिलसिलामा मलेशियामा रहनु भएका लेखराज बुढा ले पिडित परिवार लाई तत्काल खाद्यान्न सहयोग गर्नु भएको हो! मैले शमाचार पढेर थाहा पाएँ दया लागेर खाद्यान्न सहयोग गरेको हुं बुढाले भने! बुढाले पिडित परिवार लाई ५० किलो चामल, ५ किलो दाल, ५ लिटर खाने तेल, ३ किलो नुन किन्न सकिने रकम आफ्नी छोरी मार्फत हाम्रो सामाजिक अभियान लाई उपलब्ध गराउनु भएको हो! वर्षायाम पछि घर बनाउदा पनि आफुले सहयोग गर्ने बुढा ले प्रतिबद्दता जनाउनु भएको छ हाम्रो सामाजिक अभियानका अभियन्ता रमा बुढा मगरले राप्ती पहिचानलाइ भनिन! कोइ दानविर दाता भए पिडित परिवारलाइ टिन किनि दिएर सहयोग गर्नुस रमा बुढा ले भनिन!

प्रतिक्रिया