२३ साउन ,कोहलपुर बाँके।
धनगढी उप–महानगरपालिका वडा नम्वर १२ की २२ बर्षीया ९ महिने गर्भवतीमा महिलामा संक्रमण पुष्टि भएको
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा भएको परीक्षणमा उनमा संक्रमण देखिएको पुष्टि गरे।
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले संक्रमण पुष्टि भएकी महिला ९ महिने गर्भवती रहेको बताए।
श्रीमानसहित भारतबाट आएर झण्डै १५ दिन होम क्वारेन्टिनमा बसेकी थिइन् ९ महिना भईसकेकोले कोरोना परीक्षण गरिएको थियो। परीक्षण गर्दा संक्रमण पुष्टि भएको उपाध्ययले बताए।
उनका श्रीमानमा भने संक्रमण देखिएको छैन्। योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय २८ पुगेको छ।
