मुसुक्क हाँस्दै बिदा भए खत्री,उनी बृहत दाङ उपत्यका सिचाई आयोजना प्रमुख थिए

तुलसीपुर ६ असोज २०८३ मंगलवार | बृहत दाङ उपत्यका सिचाई आयोजना तुलसीपुर का आयोजना प्रमुख टोप बहादुर खत्री क्षेत्री मुसुक्क हाँस्दै कार्यालय बाट बिदा भएर गएका छन | विगत २ वर्ष अघी आयोजना प्रमुखको जिम्मेवारी सम्हालेर दाङ आएका क्षेत्रीको कार्यकाल सुखद र

जनमुखी रहेको कुरा स्थानीय नागरिकहरु बताउछन | खत्रीलाई ताल्लुक मन्त्रालय ले बृहत दाङ उपत्यका सिचाई आयोजना बाट सरुवा गरेर सिचाई आयोजनाको कार्यालय सुर्खेतको प्रमुखको जिम्मेवारी दिई पठाएको छ | उनी बृहत दाङ उपत्यका सिचाई आयोजना कार्यालय बाट

टोप बहादुर खत्री क्षेत्री जसले दाङमा निर्बिबाद २ वर्षे कार्यकाल पुरा गरे |

मंगलवार बिदा भएर सुर्खेत गएका हुन | हामीले क्षेत्री लाई तपाईको २ वर्षे दाङ बसाई तपाईलाई कस्तो लाग्यो भनेर सोध्दा मेरो दुई वर्षको दाङ बसाई सुखद र सफल रहेको प्रतिक्रिया दिए | सुखद यो मामिलामा रह्यो की बृहत दाङ सिचाई आयोजनामा २ वर्षे कार्यकाल भरी म र म कार्यरत

कार्यालय कतै पनी विवादित भएन,कुनै प्रकारको पनी मुद्दा मामिला उठेन भने सफल यस मामिलामा रह्यो की मेरो कार्यकालमा दाङ जिल्लाका नागरिक हरु संग बृहत दाङ उपत्यका सिचाई आयोजना कार्यालयको सम्बन्ध सुमधुर बनी रह्यो खत्री क्षेत्रीले राप्ती पहिचान संगको कुराकानीमा

बताए | दाङ बाट सुर्खेत सरुवा भएर कामकाजका लागी जानुपर्दा हजुर लाई केही अप्ठेरो लाग्या छ की छैन भन्ने हाम्रो अर्को प्रश्नमा आफु देश र जनताको काम गर्ने रास्ट्रसेवक कर्मचारी भएकाले जहाँ गएपनी आफुले देश र जनताकै काम गर्ने भएकाले तुलसीपुर सहज र सुर्खेत असहज भन्ने

कुरा आफ्नो हकमा लागु नहुने कुरा उनले बताए | दाङ जिल्ला भरी ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिचाईको ब्यबश्था गर्ने उद्देश्य सहित २०७३ सालमा यो कार्यालय दाङको तुलसीपुरमा स्थापना गरिएको हो | आयोजनाले सिचाईका लागी भूमिगत जलको प्रयोग सम्बन्धी आयोजना,

,सिचाई नहर निर्माण,लिफ्ट सिचाई र कृतिम जलाशय निर्माण जस्ता आयोजनाहरुमा निरन्तर काम गरी रहेको कुरा खत्री क्षेत्रीले हामी संग अगाडी भने |

प्रतिक्रिया