पश्चिम रुकुममा जिप दुर्घटना २ को मृत्यु १२ घाईते,४ को अवश्था गम्भीर उद्दारका लागी जिल्ला प्रशासन कार्यालयले माग्यो हेली

रुकुम पश्चिम २८ भदौ २०८३आईतवार | रुकुम पश्चिमको जिप दुर्घटनाका गम्भीर घाइते हरुलाई उपचारका लागी बाहिरी जिल्ला पठाउनका निम्ती हेलिकोप्टर माग गरिएको छ। गम्भीर घाइते चार जनाको सघन उपचारका लागी हेलिकोप्टर मागीएको जिल्ला प्रहरी प्रमुख डिएसपी

बेदबहादुर पौडेलले बताए | दुर्घटनामा परी घाईते भएका थप ८ घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको कुरा डिएसपी पौडेलले जानकारी दिए।‘घाइते मध्य चार जनाको अवस्था निक्कै गम्भीर छ । उहाँहरुको उपचारका लागी तत्काल बाहिरी जिल्ला पठाउनु पर्ने अवस्था

देखिएको हुँदा हेलिकोप्टर माग्न प्रमुख जिल्ला अधिकारी ज्यू ले सम्वन्य गरी रहनु भएको छ,’ पौडेलले भने, ‘थप आठ जना घाइतको अवस्था मध्यम रहेको तथा सबैको हालसम्म जिल्ला अस्पतालमै उपचार भइ रहेको छ।सो ही दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका चालक त्रिबेणी

गाउँपालिका १ रुँघाका अन्दाजी ३३/३४ बर्षका जिप चालक सुन्दर खड्का सानीभेरी गाउँपालिका ६ की अन्दाजी १६ बर्षीया किशोरी प्रेमकला पुन मगर रहेको डिएसपी पौडेलले बताए । डिएसपी पौडेलका अनुसार जिपमा कुल १४ जना सवार रहेका थिए। आइतबार बिहान सवा ८ बजेतिर

जिल्लाको सानीभेरी गाउँपालिका ६ कोट बाट खलंगा तर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको थियो ।जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमन्त गिरीले घाइतेको पहिचान गर्ने क्रम जारी रहेको बताए।

प्रतिक्रिया