तुलसीपुरका छापा ब्यबशायी दुर्गा खडकाले एक युवती लाई यौन दुर्ब्यबहार गरेको आरोप सहित उजुरी दर्ता

तुलसीपुर २५ भदौ २०८३ बिहिवार | तुलसीपुरको सल्यान रोडमा रहेको बैकल्पिक अफसेट प्रेसका संचालक दुर्गा खडका बिरुद्द यौन दुर्ब्यबहारको उजुरी परेको छ | खडका ले भदौ २२ गतेका दिन आफ्नै प्रेसमा काम गर्ने युवती लाई यौन दुर्ब्यबहार गरेको व्यहोरा जाहेरीमा

उल्लेख गरिएको छ | भदौ २२ गते दिउसो आफुले काम गरी रहेका बेला संचालक खडकाले आफु माथी यौन दुर्ब्यबहार गरेको व्यहोरा खुलाई सो ही दिन पिडित युवती नाम परिवर्तन उर्फ वतन परिवर्तन ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दर्ता गर्न पुगेकी थिईन | छोरीले आफु माथी

बैकल्पिक अफसेट प्रेस संचालक दुर्गा खडकाले यौन दुर्ब्यबहार गरेको कुरा फोन गरेर रुँदै रुँदै बताएपछी आफुले घटना बारे थाहा पाएको र थाहा पाउँदा बित्तिकै छोरी संग खडकाको मोबाईल नम्बर मागेर खडका लाई फोन गरेर घटना बारे के भएको हो सत्य कुरा भन्नुस भन्दा

खडकाले आफु बाट जान अन्जानमा गल्ती भएको र यो कुरा लाई बाहिर नल्याईदीन आग्रह गरेको कुरा पीडितका बाबु “थर” परिवर्तनले राप्ती पहिचान लाई बताए | घटना बारे यकिन कुरा थाहा पाई सकेपछी मैले नै छोरी लाई तत्काल ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गई पीडक बिरुद्द जाहेरी निवेदन दिन भनेको हुँ “थर” परिवर्तनले अगाडी भने |

कसैले यौन दुर्ब्यबहार गरेमा यस्तो छ सजायको ब्यबश्था :

नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को उपदफा १ मा कसैले कसैलाई यौन दुर्ब्यबहार गर्न वा गराउन हुँदैन भन्ने कानुनी ब्यबश्था छ भने दफा २२४ कै उप दफा २ मा कसैले आफ्नो पती वा पत्नी बाहेक अन्य ब्यक्ती लाई निजको मन्जुरी बिना करणीका आशयले

समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा,निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा,निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले वाधा अवरोध गरेमा वा निजलाई अस्वभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा,यौन सम्बन्धी आफ्नो

अंग निजलाई छुन समाउन लगाएमा,निज सँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यम बाट प्रयोग गरेमा,अश्लिल चित्र वा तस्बिर देखाएमा,यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निज संग अस्वभाविक,अवान्छित वा

अमर्र्यादित ब्यबहार गरेमा निजले यौन दुर्ब्यबहार गरेको मानिने छ र त्यस्तो कार्य गर्ने बयाक्ती लाई मुलुकी अपराध संहिता २०७४ को दफा २२४ कै उप-दफा ३ ले उप दफा १ बमोजिम कसुर गर्ने ब्यक्ती लाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने कानुनी ब्यबश्था गरेको छ | यता यही बिषयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले बैकल्पिक अफसेट प्रेस संचालक दुर्गा खडका बिरुद्द यौन दुर्ब्यबहार उजुरी आएको र अनुसन्धान भई रहेको जानकारी दियो |

प्रतिक्रिया