काठमाडौं ८ भदौ २०८३ सोमवार। मुमाबडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह सरकार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना होईबक्सेको छ। ९८ वर्षीया मुमाबडामहारानी सरकार आइतबार थापाथली स्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना होईबक्सेको हो।अस्पतालका सूचना
अधिकारी विमल बोगटीका अनुसार,मुमाबडामहारानी सरकार फ्लुका कारण बिरामी परेपछी वहाँ लाई अस्पताल भर्ना गरिएको हो। हाल मुमाबडामहारानी सरकारको स्वाश्थ्य अवस्था सामान्य रहेको कुरा अस्पताल प्रशासनले जानकारी दिएको छ। अहिले मुमाबडामहारानी
सरकारको स्वास्थ्य अवस्था सामान्य छ अस्पतालका सुचना अधिकारी बिमल बोगटीले हामी संग भने।उमेरका कारण स्वास्थ्यमा देखिएको समस्यालाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
