तुलसीपुर १३ साउन २०८३ बुधवार | समाजमा अर्थपूर्ण उदेश्य,एकता,मेलमिलाप,भाईचारा र परिश्थिती श्थिती अनुरुप जिबन भोगाई को जिउदो अनुहार तथा जीवित अघिल्लो पुस्ता लाई बर्तमान समाजले बृद्दबृद्दा भन्ने गरेको पाईन्छ | युग परिवर्तन संगै उदाएको नयाँ जेनेरेसन र प्रविधी संग एकदमै नजोडिएका अहिलेका बृद्दबृद्दा बीच सामाजिक काममा खासै तालमेल भएको
पाईदैन | यस्तै परिश्तिती लाई चिर्दै तुलसीपुर ३ नम्बर वडा ८ नम्बर वडा र ९ नम्बर वडाका बृद्दबृद्दाहरुले आफुहरुले चाहेमा यो प्रबिधी संग जोडिएको युवा पुस्ताले समेत आफु हरुको कामको भविष्यमा उदाहरण दिने लायक काम गर्न सक्ने ज्वलन्त उदाहरण दिएका छन् | उनी हरुले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ को कटकुइया चोक देखी वडा नम्बर ९
सल्लिबन हुदै तुलसीपुर् ३ को गहते जाने सडक दायाँ बायाँ बिभिन्न जातका ५ सय बिरुवा रोपेका छन् | धुपी,अशोक,गुलमोहर लगायत प्रजातीका बिरुवा रोपिएको कुरा त्रिबेणी बृद्दबृद्दा समाजका अध्यक्ष रामप्रसाद बस्यालले राप्ती पहिचान लाई बताए | नयाँ पुस्ताले हामीलाई प्रविधी सिकाउने घोकाउने प्रयास गर्दैछ भने हामी बृद्दबृद्दा हरुले उनी हरुलाई प्रकृती घोकाउने सिकाउने
प्रयत्न स्वरूप यसरी ५ सय बिरुवा रोपेक हौँ बस्याल ले हामी लाई बताए | सम्पूर्ण प्राणी जिबन संग जोडिएको प्रकृतीको पनी प्रविधी संगै बिकास र जगेर्ना गर्नुपर्छ भन्ने संदेश दिनका लागी यस्तो कार्य गरिएको हो बस्याल ले अगाडी भने |तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा भएको बृक्षारोपन उदघाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष बिर
बहादुर वि क विजय र वडा नम्बर ८ अध्यक्ष धर्मराज वली को पनी सहभागिता रहेको थियो भने कार्यक्रममा सयौं बृद्दबृद्दाहरुको उपश्थिती रहेको कुरा हाम्रा समाचारदाताले बताए | त्रिबेणी बृद्दबृद्दा समाजका अध्यक्ष रामप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विजय मल्ल ले गरेका थिए |
