किसान हरुको किस्मत बन्दै तुलसीपुर उमनपाको वडा नम्बर ९

तुलसीपुर ५ साउन २०८३ मंगलवार | वडावासी लाई आत्मनिर्भर बनाउन सकिने एक मात्र विकल्पको रुपमा रहेको कृषी तथा पशुपालन तर्फ एकमना ध्यान केन्द्रित गरेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले यस वर्ष वडाकै बजेट बाट कृषी खेतीका लागी किसान हरुलाई सहयोग पुगोस भन्ने हेतुले २ लाख ५० हजार रुपैयाँ बजेट ब्यबश्था गरेर १० वटा मिनी पावर ट्रेलर

https://www.facebook.com/share/v/1S1wugVez9/ भिडियो यहाँ बाट हेर्न सक्नुहुनेछ |

खरिद गरेर किसान हरुलाई हस्तान्तरण गरेको छ | तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडा मध्य वडा नम्बर ९ ले पहिलो पटक वडाकै बजेट बाट खरिद गरेर किसान हरुलाई पावर ट्रेलर हस्तान्तरण गरेको हो | तुलसीपुर ९ मा रहेका शिवपुर कृषक समुह र राधा कृष्ण कृषक समूह लाई खेत बारी जोत्न ५ / ५ वटा मिनी पावर ट्रेलर हस्तान्तरण गरिएको हो | यस अघी

जनताको घर आँगन सम्म मात्रै बिकास र बजेट पुग्ने पुर्र्याउने कार्य हुने गरेकोमा यस पटक वडा नम्बर ९ को बजेट जनताको घर भित्र जनताको चुलो सम्म पुर्र्याउने योजना अन्तर्गत किसान हरुलाई खेत बारी जोत्न मिनी पावर ट्रेलर ५० प्रतिशत अनुदान मुल्यमा उपलब्ध गराएको छौं तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकाल ले राप्ती पहिचान संगको कुराकानीमा बताए |

हामीले जनताको घर आँगन सम्म पुग्ने बाटो बिद्युत खानेपानी बिद्यालय कुलो नालो आदि आदि मात्रै निर्माण गर्यौं तर जनताको चुलो सम्म गई पुग्ने योजना ल्याउने तर्फ हाम्रो सोच गएन त्यही कारण जसका घर आँगन सम्म हामीले बाटो बिद्युत कुलो नालो आदि आदि पुर्यायौं त्यो घरको मान्छेलाई हाल सांझ बिहानको छाक टार्न देश छोडेर प्रदेश जानु परेको छ यो अवश्था र

परिश्थितीको अन्त्य गर्न किसान हरुको चुलो सम्म गई पुग्ने बजेट तयार गरेर लागु गरेका हौँ वडा अध्यक्ष ढकाल ले हामी संग अगाडी भने | स्थानीय सरकार नागरिकको सब भन्दा नजिकको सरकार भएकाले यो स्थानिय सरकार सरकार मात्रै नभएर

नागरिकको साथी पनी बन्नुपर्छ अध्यक्ष ढकाल ले हामी संग भने | पावर ट्रेलर हस्तान्तरण कार्यक्रममा वडा सदस्य ज्यु हरु झुपलाल खत्री,गोपाल भण्डारी,बसन्ता के सी र दिलकुमारी दमाईको पनी उपश्तिती रहेको थियो |

समाचार सम्बन्धी भिडियो हेर्न पहिलो कमेन्टमा हेर्न सक्नुहुनेछ |

प्रतिक्रिया