प्युठान २ असार २०८३ मंलवार | प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं ३ हंसपुरस्थित खडक सामुदायिक वनमा बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला परेका छन्।फोर्साको रुखमुनि १० थान साबुत र ३ थान बेसाबुत एकनाले भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ।बरामद हतियार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ।यसै बिषयमा हामीले जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक दिपेश बस्याल लाई फोन गरेर ती बन्दुक हरु कसले के प्रयोजनका लागी त्यस ठाउँमा लुकाई छिपाई राखेको होला सर? भनी प्रश्न गर्दा १३ थान भरुवा बन्दुक फेला परेका छन भने के प्रयोजनका लागी एकै ठाउँमा ती भरुवा बन्दुक हरु राखिएको हो भन्ने बारे अनुसन्धान भई रहेको छ
भन्ने जवाफ फर्काए | कतीपय स्थान हरुमा युद्दकालिन समयमा राखिएका हातहतियार हरु पनी हाल भेटिने गरेका छन ती बन्दुक हरु लामो समय देखी जंगलमा राखिएका जस्तो अवश्थामा छन् की हालसालै त्यहाँ राखिएका जस्ता छन प्रहरीको ती हतियार बारे पहिलो टिप्पणी के हो? भन्ने हाम्रो अर्को प्रश्नमा बरामद गरिएका भरुवा बन्दुक हरु मैले पनी आफ्नै आँखाले देखेको
छैन मलाई जानकारीमा आए अनुसार ती भरुवा बन्दुक युद्दकालिन अवश्थामा त्यहाँ छाडिएको जस्तो नभएको कुरा बस्याल ले बताए | यता यही बिषयमा जानकारी लिन सरुमारानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भिम बहादुर मर्सांगी लाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन |
