पश्चिम दाङ २९ बैशाख २०८३ सोमवार | दाङको बबई गाउँपालिका–७ पातिहाल्नामा बसको टायर फेर्ने क्रममा करेन्ट लागेर एक चालकको मृत्यु भएको छ।मलईबाट तुलसीपुर तर्फ आउँदै गरेको रा.१ ख.२१९८ नम्बरको बसको पछाडिको पाङ्ग्रा पञ्चर

भएपछि चालकले अर्को पाङ्ग्रा फेर्ने प्रयास गरेका थिए। सो क्रममा बस चालक बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पुर्णबहादुर वली बसको छतमा चढी टायर निकाल्ने क्रममा माथिबाट गएको विद्युत् तारमा निधार ठोक्किन पुगेपछि करेन्ट
लागेको प्रहरीले जनाएको छ।गम्भीर घाइते भएका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। अस्पतालमा दिउँसो १२ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।घटनास्थलमा रहेको बस इलाका प्रहरी
कार्यालय खिलतपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।मृतकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।
