रुकुम पश्चिम २७ बैशाख २०८३ आईतवार | रुकुम पश्चिम जिल्लाका केही भू-भाग हरुमा शनिवार परेको अविरल असिना पानी ले लाखौँ मूल्य बराबरको सुन्तलाका बगैचामा क्षेती पुर्र्याउनुका साथै सदरमुकाम मुसीकोट बाट २ वटा वडामा जाने ग्रामिण सडक

संजाल अवरुद्द हुन पुगेका छन् | भारी असिना पानी परेको जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ९ र वडा नम्बर १० का सम्पूर्ण सडक संजालहरु हाल अवरुद्द भएका छन् |मुसीकोट नगरपालिका वडा नम्बर ९ को चौखाबाङ, लिंगुर लगायतका गाउँ
बस्ती र वडा नम्बर १० का नमुना बस्ती,कामी बुढा टोल,खडका टोललगायत सम्पूर्ण गाउँबस्ती हरुमा हिँजो शनिवार अविरल असिना पानी परेको थियो |असिना पानी परे संगै ती गाउँ बस्ती हरुमा जाने ग्रामिण कृषी सडक हरुमा ठाउँ ठाउँमा पहिरो जाँदा
ती बस्ती हरु हाल सडक संजाल बाट बिच्छेद हुन् पुगेको कुरा मुसीकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धन बहादुर खडकाले राप्ती पहिचान लाई बताए | अध्यक्ष खडकाका अनुसार शनिवार परेको अविरल असिना पानीका कारण वडा
नम्बर १० मा मात्रै किसान हरुले आ-आफ्नो बारीमा लगाएका १० देखी ११ हजार सुन्तलाका बोट फल फाल्दै गरेको समयमा पूर्ण रुपमा नष्ट भएका छन | त्यस्तै सयौं बिगाह बारीमा किसान हरुले रोपेका आलु खेती पनी नष्ट भएको छ भने मकै छरेर उम्री
सकेका ठाउँमा उम्रेका मकैका बेर्नालाई असिनाले थुरेपछी बेर्नाकतै खडकाले हाम्रा समाचारदाता संग भने | त्यस्तै वडा नम्बर ९ र वडा नम्बर १० का किसानले रोपेका कागतीका बोट फल लाग्न फुल्दै गरेको थियो,कम्तीमा ४ हजार कागतीका बोट कामै
नलाग्ने गरी असिनाले थुरेको छ अध्यक्ष खडकाले अगाडी भने | म पनी आज बिहानै देखी फिल्डमै छु आज बिहानै देखी गाउँ गाउँमा डोजर पठाएर अवरुद्द ग्रामिण कृषी सडक खुलाएर सदरमुकाम सडक संजाल संग जोड्ने काम भई रहेको छ अध्यक्ष खडकाले हामी संग भने |
