जग्गा खाली गर्न निकाल्यो २१ दिने सुचना,जिल्ला प्रशासन कार्यालय दाङको आफ्नै जग्गा अतिक्रमणमा परेको छ

दाङ, १७ बैशाख २०८३ बिहिवार। जिल्ला प्रशासन कार्यालय दाङले आज विहिवार एक सुचना जारी गर्दै अतिक्रण गरी बनाईएका घरटहरा २१ दिन भित्र हटाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल द्वारा हस्ताक्षरित जारी

सुचनामा कार्यालयको नाममा रहेको घोराही १४ र १६ मा रहेको ७ ख कित्ता नं.६५२ क्षेत्रफल १३-१४-३-०-(९२८३५.८० व.मि.) भएको जग्गामा अनाधिकृत रुपमा घरटहरा निर्माण गरेर वा भोगचलन गरी बसेका व्यक्ति तथा संस्थाहरुलाई २१ दिन भित्र

भौतिक संरचना हटाई खाली गर्न भनिएको छ । तोकिएको समयमा घरटहराहरु नहटाएमा उक्त संरचनाहरु हटाईने जारी सुचनामा उल्लेख छ । साथै उक्त क्षेत्र अतिक्रमण र कब्जा गरी बसेका व्यक्ति वा परिवारहरु मध्ये बास्तविक भुमिहिन तथा

सुकुम्वासीहरुको हकमा अन्यत्र व्यवस्थापन गर्न सकिने भएकाले १० दिन भित्र कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ | यता यही बिषयमा हामीले जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन लाई फोन गरेर यो

भन्दा अघी पनी पटक पटक अतिक्रमण हटाउछौं भनेर हाक हाले पनी अतिक्रमण हटाउन हात हाल्न नसकेको कुरा सर्वबिदितै भएकाले यो पटक के हुन्छ भनी सोधनी गर्दा यो पटक जिल्ला प्रशासन कार्यालयको नाममा रहेको जग्गा बाट अतिक्रमण हट्ने

कुरा बताईन | हामी हाम्रो कार्यालयको जग्गा बाट अतिक्रमण हताएरै छाड्छौं बरु अतिक्रमण हटाउदै गर्दा त्यो जग्गामा कोही वास्तविक सुकुम्वासी बसोबास गरी रहेको पाईएमा त्यस्ता परिवारको उचित ब्यबश्थापन गर्छौं पुन ले हामी संगको कुराकानीमा

भनिन | खासमा राज्यले सरकारी जग्गा बाट अतिक्रमण हटाउने र वास्तविक सुकुम्वासी र हुकुम्वासी छुट्याउनकै लागी सरकारी जग्गा बाट अतिक्रमण हटाउने तयारी थालेकाले वास्तविक सुकुम्वासी कोही डराउनु पर्दैन उनले भनिन | राज्यले वास्तविक सुकुम्वासी पहिचान गर्नकै लागी यो अभियान थालेकाले वास्तविक सुकुम्वासी हरुको अब विधिवत ब्यबश्थापन हुने कुरा उनले बताईन |

प्रतिक्रिया